वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

लेनदेन मिलुनन्जेल सहमति, भाँडिएपछि जबर्जस्ती

        प्रेम बुढा   |   प्रकाशित मिति: मङ्लबार, बैशाख ११, २०७५ ।    

प्रेम बुढा/बर्दिया ।
जिल्लामा केही समय यता बलात्कारका घटना बढ्दै गएको छ । ४ वर्षीया बालिकादेखि ६२ वर्षिया वृद्धासम्म बलात्कृत भएको घटना  सार्वजनिक भएको छ । करणी र सम्बन्ध विच्छेदका मुद्धा विगतको तुलनामा बढी आउन थालेको जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी बताए ।

श्रेस्तेदार भण्डारीका अनुसार यस वर्ष चैत्र मसान्तसम्म अदालतमा ९ सय २२ मुद्धा दर्ता भएका छन । ती मध्ये ६६ वटा मुद्धा करणी अन्र्तगतका छन् । त्यस मध्ये २४ वटा मुद्धा फैसला भइसकेको छन भने सम्बन्ध विच्छेदको १ सय ११ मुद्धा परेको छ । बाँकी मुद्धा ३० प्रकारका छन् । करणीका ६६ वटा मध्ये २४ वटा मुद्धा फैसला भइसकेका छन ।

पुरुष महिलाबीच धेरै पहिलादेखि सम्बन्ध हुने तर पछि त्यसलाई नै करणीको मुद्धा बनाइने गरेको पाइएको श्रेस्तेदार भण्डारीले बताए । ‘कुरा मिलुन्जेल सहमति हुन्छ, भाँडिएपछि जबर्जस्ती’ उनले थपे, ‘अधिकाँश महिलाले आर्थिक लेनदेनमा कुरा नमिलेपछि मात्र जबर्जस्ती गरेको मुद्धा बनाउने गरेको देखिन्छ ।’

श्रेस्तेदार भण्डारीका अनुसार करणी मुद्धामा भने अन्य मुद्धामा  जस्तो पछि सहमति वा मिलापत्र गर्न पाइदैन ।  किटानी जाहिरी दिइसकेपछि पीडितले अन्तिममा बयान फेरे पनि पीडकले उन्मुक्ति पाउदैन, अन्तिम समयमा कुनै प्रलोभन वा दवावमा परि बयान फेरे प्रमाण जुटाएर पीडितलाई ३ महिनासम्मको कैद हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्: