वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

जनप्रतिनिधिहरु नै घरेलु हिंसाकोे शिकार बन्ने गरेको गुलरिया नपा उप–प्रमुख गिरीको गुनासो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५ ।    

गुलरिया,बर्दिया।
गुलरिया नगरपालिकाका उपप्रमुख सुशिला गिरीले स्थानीय निकायका जनप्रतिनिधि नै घरेलु हिंसामा पर्ने गरेको बताएकी छिन । दलित महिला संघ बर्दियाले आयोजना गरेको दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि सरोकारवालाहरूसँग जिल्ला स्तरिय अन्तरकृया कार्यक्रममा बोल्दै उप प्रमुख गिरीले महिला जनप्रतिनिधि नै यतिबेला हिंसाको शिकार बन्ने गरेको गुनासो गरेकी हुन ।
स्थानीय निकायको निर्वाचनमा श्रिमतिका लागि टिकट लिन तछाड मछाड गर्ने पुरूषहरू नै अहिले महिलाको विरुद्धमा लाग्ने गरेको समेत गुनासो उनको छ । दलित महिला संघ बर्दियाले आयोजना गरको कार्यक्रममा बोल्दै दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारले पछिल्लो समयमा बर्दिया जिल्लामा घरेलु हिंसा लगायत दलित महिला माथिको विभेद बढि रहेको बताउदै अब सबै सरोकारवाला निकाय अब एक जुट हुनु पर्ने बताईन ।


पछिल्लो समय दलित महिला संघ बर्दियाले बर्दिया जिल्लाको गुलिरया नगरपालिका र बढैयाताल गाउँपालिकामा दलित महिलाहरूका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: