वि.सं.   बुधबार, बैशाख १२, २०७५   तदनुसार  25 April 2018

गेरुवा गाउँपालिका निकृष्ठ बालश्रम मुक्त गाउँपालिका घोषणा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र १५, २०७४ ।    

मिन अधिकारी / राजापुर।
गेरुवा गाउँपालिकालाई निकृष्ठ बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको छ । बर्दियाको स्वाभिमान, बालश्रम मुक्त जिल्ला हाम्रो अभियान’ भन्ने नारा सहिति बिहीवार गाँउपालिकालाई निकृष्ट बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको हो ।
घोषणा सभालाई सम्बोधन गर्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बालबालिकाहरुलाई काममा लगाउने दण्डनीय र गैरकानुनी कार्य भएकाले यसको सबैले बिरोध गर्नु पर्ने र आफुले पनि बिरोध गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेका छन । उनले आजका बालबालिका भबिष्यको कर्णाधार भएकाले बालश्रम मुक्त गर्नका लागि आफूहरु प्रतिबद्ध रहेको कुरामा जोड दिएका छन ।
कार्यक्रम आयोजक संस्था राधाकृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञराज मजगैयाले देशमा संविधान निर्माण र संघिय निर्वाचनपछि राजनैतिक क्रान्ती सकिएको वताउदै अव स्थानिय तहले सामाजिक क्रान्तीको थालनी गर्नुपर्ने बताए । उनले सामाजिक क्रान्तिका लागि सदैव आफ्नो सहकार्य हुने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरुले आगामी दिनहरुमा वालवालीकाहरुलाई उच्च प्राथमिकतामा राखी उनिहरुको उज्वल भविष्य निर्माण गर्न उचित वातावरण तयार गर्न आवश्यक नीति नियम र कार्ययोजना तर्जुमा गरी काम गर्न साथै वालश्रमजस्तो कुप्रथालाई जरै देखी उन्मुनलन गर्न प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै प्रतिवद्धता व्यक्त गरेका छन ।
जिल्ला बाल कल्याण समिती र गेरुवा गाउँपालिकाको समन्वय , प्लान ईन्टरनेशनल नेपालको सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्रको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता गेरुवा गाउँ पालिका स्तरीय वाल संरक्षण समितिका संयोजक खुसी राम थारूले गरेका थिए ।
कार्यक्रममा गेरुवा गाउँपालिका उपाध्यक्ष हिमाकुमारी थरुनी , प्रमुख प्रशासकिय अधिकृत भिमवहादुर खत्री महिला तथा बालबालिका कार्यलयकी गीता बाकावल, गैरसरकारी संस्था महासंघका विष्णु तिमिल्सीना , पत्रकार महासंघका सन्तोष पौडेल, गेरुवा गाउँपालिकाका वडा अध्यक्षहरु, सदस्यहरु, बिभिन्न राजनितीक दलका प्रतिनीधी शिक्षक, बुद्धिजीबी, बरघर, संचारकर्मी लगायतको सहभागीता रहेको थियो । बाल श्रमको प्रचलन बिरुद्ध बालबालिकाको संरक्षण परियोजना संयोजक दुर्गा क्षेत्रीले हाल बर्दिया जिल्लामा बाल श्रमिकहरुको तथ्याकंको बारेमा जानकारी गएकी थिईन ।


गेरुवा गाउँपालिका मा ५० जना वालश्रमिकहरु रहेकोमा ४८ जना सवै आफ्नो घरमा पुनर्स्थापना भैसकेको र २ जना १४ वर्ष माथीका वालवालिका अरुको घरमा भए पनि शिक्षा जस्तो महत्वपुर्ण अधिकार प्राप्त गरिरहेकोले पुनरस्थापना गर्न वाँकी रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
बर्दिया जिल्लामा रहेका छ वटा नगरपालिका र २ वटा गाँउपालिका गरी ८ वटा स्थानिय तहमध्ये यसअघि बढैयाताल गाउँपालिका लाई निकृष्ठ वालश्रम मुक्त गाउँपालिका घोषणा गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्: