वि.सं.   बुधबार, फाल्गुन ८, २०७५   तदनुसार  20 February 2019

गेरुवा गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनी शुरु

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, माघ १७, २०७५ ।    
Loading...

गेरुवा,बर्दिया।
‘दुई वाली धान खेतीको विस्तार, गेरुवा सम्वृद्धिको आधार’ भन्ने नाराका साथ गेरुवा गाउँपालिकाको वडा नं. ६ स्थित कल्पेश्वर महादेव खेल मैदान बेलभरियामा गाउँपालिका स्तरिय कृषी मेला प्रदर्शनी २०७५ शुरु भएको छ।
कृषकलाई कृषि पेशा प्रति प्रोत्साहित गर्न गाँउपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एबं प्रतिष्पर्धा गराउदै उत्कृष्ठ कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत तथा थप प्रोत्साहित गर्नका लागि कृषी मेला प्रदर्शनीको आयोजना गरिएको हो। गेरुवा गाउँपालिका, गाउँपालिका स्तरिय कृषक समन्वय समिति र गेरुवा गाउँपालिका अन्तरगतका गठित कृषक समुहको संयुक्त आयोजनामा सञ्चालित कृषि मेला प्रदर्शनीको उद्घाटन गर्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले गाउँपालिकाका कृषकले भोग्ने गरेको समस्या समाधानका लागि आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन । उनले नेपालको समृद्धिको मुख्य आधार कृषि व्यवसाय नै भएकाले नेपाल सरकारले कृषकलाई प्रोत्साहन गर्न कृषि क्षेत्रमा उल्लेख्य वजेटको विनियोजन गरी कृषि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।


कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका उपाध्यक्ष हिमाकुमारी थरुनीले नेपाल कृषि प्रदान देश भएर पनि कृषी उत्पादनमा अन्य मुलुकको भर पर्नूपर्ने अवस्था रहेकाले कृषिलाई आधुनिकीकरण गरी उत्पादनमा लाग्नुपर्ने बताउदै कृषि पेशालाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिईन । उनले भनिन–‘कृषकहरुले अवका दिनमा पराम्परागत खेती प्रणाालीलाई त्यागेर आधुनिक रुपले ब्यावसायिक उत्पादनमा लाग्नु पर्छ ।’
उद्घाटन कार्यक्रममा गाँऊपालिका वडा नं. ६का वडा अध्यक्ष टेक बहादुर चौधरी, नेकपाका बम वहादुर राबल, नेपाली काँग्रेसका दरवारी लाल थारु, गेरुवा गाउँपालिका स्यरिय उद्योग बाणिज्य संघका अध्यक्ष तेजराज बजगाँई लगायतका वक्ताहरूले कृषि मेला प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरेका थिए । कृषि मेला प्रदर्शनीमा विभिन्न प्रजातिका खाद्यबाली समूह, फलफुल समूह, तरकारी समूह, सागपात समूह, दलहन तथा तेलहन समूह, आलु समूह, मसला समूह, माछा, मौरी, लगायतको कृषि स्टल राखिएको छ । कृषि मेला प्रदर्शनीमा राखीएका विभिन्न बालीमा मुल्याङ्कन गरिए र मुल्याङ्कनका आधारमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने किसानका कृषि उपज वस्तुहरुलाई नगद पुस्कार तथा प्रमाण पत्र समेत वितरण गरीने आयोजकले जनाएको छ । त्यस्तै गेरुवा गाउँपालिकामा गठीत कृषक समुहहरुद्वारा प्रस्तुत गरिएको झाँकी र मेला अवधिभर प्रस्तुत गरिने कृषि संदेशमुलक सांस्कृतिक कार्यक्रमहरुमा उत्कृष्ठलाई पनि पुरस्कृत गरिने जनाईएको छ । गेरुवा गाउँपालिका स्तरिय कृषक समन्वय समितिका संयोजक करम वहादुर चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा आमन्त्रित अतिथीहरुलाई स्वागत चन्द्रकान्त लामिछानेले गरेका थिए ।
कृषि मेला प्रदर्शनी ३ दिन अर्थात माघ १८ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...