वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

गजल : चिन्तित हुन सकेन [गीता स्मृति]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, चैत्र १९, २०७५ ।    

छातीभित्र सेती बोकेर चिन्तित हुन सकेन ।
नदी अंगाले पनि वगर स्खलित हुन सकेन ।

खुलेहाम नाङ्गियौ चर्चा बटुल्न सरम बेचेर,
त्यो नग्न तस्वीर धेरैबेर चर्चित  हुन सकेन ।

इज्जतको व्यापार गर्न भनेर सहर पसेको,
त्यो इन्सान त्यो पेशा सम्मानित हुन सकेन ।

त्यो दुश्मनीको रहस्य आखिर के हुन सक्छ,
मर्दा सम्म कुकुर र बिरालो मित  हुन सकेन ।

तिम्ले छुदा असर त मलाई पनि भएको हो,
पत्थर हु पानी जसरी तरङ्गिर हुन सकिन ।

© गीता स्मृति कठायत
दिपायल, डोटी ।

प्रतिक्रिया दिनुहोस्:


Loading...