वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

ठाकुरबाबा वडा नं ५ ले शुरु गर्‍यो ‘सेवा सुबिधा गाउँघरमै’

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, अशोज १३, २०७५ ।    

गोबिन्दपुर,ठाकुरबाबा ।
‘गाँउ टोलमा वडा अभियान; वडा नं ५ को पहिचान’ भन्ने नाराका साथ बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं-५ ले आफ्नो सेवा सुबिधा टोलटोलमा पुर्‍याएको छ । ठाकुरबाबा नगरपालिका- ५ गोबिन्दपुरमा एक कार्यक्रम गर्दै सो वडाले आफ्नो कार्यालयबाट संचालन हुने सेवाहरु गाउँ टोलमै ७ दिने अभियान कार्यक्रमको शुरुवात गरेको हो ।
ठाकुरबाबा नगरपालिका वडा नं ५ को कार्यालय साहिपुरको आयोजनामा भएको सो कार्यक्रममा अभियानका बारे प्रकाश पार्दै वडा नं ५ का वडा अध्यक्ष गंगाराम जैसी र वडा सचिब केशब प्रसाद खनालले वडा कार्यालयसम्म पुग्न नसक्ने असक्त अपांग जेष्ठ नागरिकहरु लगाएतका व्यक्तीहरुका लागि लक्षित गर्दै गाउँ टोलमै गएर वडा कार्यालयले दिने सेवाहरु प्रदान गर्न सुरु गरिएको बताए । त्यस्तै जन्मदर्ता, बिवाह दर्ता, सिफारिस जस्ता विभिन्न सेवाहरु पनि स्थानियले लिन सक्ने जनाईएको छ । वडाका विभिन्न गाउँ टोलमा गएर ७ दिनसम्म अभियानका रुपमा सेवा प्रवाह गरिने कार्यक्रमको उद्देश्य सेवा प्रवाह संगसंगै गाउँ टोलमै गएर स्थानिय समस्याहरु बुझ्नु पनि रहेको वडाध्यक्ष जैसीले बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...