वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

हेपाटाईटिस ‘बी’ को रगत जाँच, लाभदायक कि कमाउने धन्दा ?

        भावुक योगी   |   प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ ।    

भावुक योगी/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिकाका विभिन्न वडाका गाउँगाउँमा केहिदिन यता प्रति व्यति २० देखि ३० रुपैँयामा हेपटाइटिस बी रोग पत्ता लगाउन रगत जाँच गर्ने  पुगेको छ । बर्दियाको गुलरियामा साखा रहेको भनिएको कर्णाली सोसाईटी हेल्थ फाउण्डेसन धनगढी नामको टोली रगत परिक्षण गराउन गाउँको बडघरलाई बोलाउन पठाएपछी गाउँवासी उर्लिएर पुग्ने गरेका छन् । विहान १० बजे गाउँमा पुगेको टोलीले रगत संकलन गर्ने गरेपनि रगत कुन ठाउँमा कसरी राखेको छ र कहाँ ल्याव परिक्षण गर्ने गरेको छ भन्नेबारे कसैलाई पनि थाहा छैन, स्थानिय अर्जुन शर्माले बताए ।

गाउँगाउँमा गएर हेपटाइटिस बी रगत परिक्षण गर्न भन्दै गाउँ पसेको टोली औचित्यहिन भएकाले यस्ता खालका भ्रामक प्रचारको पछि नलाग्न बर्दियाका जिल्ला स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले बताए । नेपाल सरकारबाट स्विकृती लिएर निःशुल्क रुपमा अथवा शुल्क लिएर भएपनि सेवामुखि सेवा दिनु पर्नेमा मानवको स्वास्थ्य माथी खेलवाड गर्ने हिसावले कुनै संस्थाले यसरी रगत परिक्षण गर्न नपाउने जिल्ला स्वास्थ्य प्रमुख अधिकारीले बताए ।

यसअघि पनि यो लगायत अन्य संस्थाहरु पनि आएको र आफुहरुले अनुमति नदिएको बताउँदै स्थानिय तहको स्वास्थ्य शाखालाई जिम्मेवारी सुम्पीसकेकाले यतिबेला आफुहरु संग कसैले पनि सल्लाह नलिएको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयमा अनुमति लिन आएको भए आफुहरुले अनुमति नदिने बताए ।

केहि दिनअघि देखि ठाकुरबाबा नगरपालिकाका बिभिन्न वडामा कर्णाली हेल्थ फाउण्डेसन धनगढी कैलालीबाट आएको टोलीले रगत लिने काम भईरहेको पाइएपनि ठाकुरबाबा नगरपालिकाको स्वास्थ्य शाखाबाट आफुहरुले अनुगमन नगरेको स्वास्थ्य शाखा प्रमुख इन्द्र राजवंशीले स्वीकार गरे । रगत परिक्षणका क्रममा लिईएको रतग कहाँ कुन ठाँउमा राख्ने र कुन ठाँउमा लगेर परिक्षण गर्ने गरेको छ भन्नेबारे अहिलेसम्म कसैलाई पनि जानकारी नभएकाले तत्कालका लागि रोकीदिएका छौँ राजवंशीले बर्दिया अनलाईन संगको कुराकानीमा बताए ।

नगरपालिकाका झण्डै ६० हजार जनसंख्या मध्ये ४० हजारको रगत परिक्षण गर्ने भन्दै ५ जना सम्मको परिवारका लागि प्रति व्यक्ति ३० रुपैँया अर्थात १५० रुपैँया र ६ जना देखि १० जना सम्मका परिवारका लागि २०० रुपैँया यसअघि अग्रिम बुझिलिई सकेको स्थानियले बताएका छन् । रगत परिक्षण गर्ने भन्दै झण्डै १० देखि १२ लाख रकम उठाईसकेको बताईएको छ । यसअघि बारबर्दिया नगरपालिका र गुलरियामा पुगेको टोलीले रगत परिक्षण नगरी फर्किएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: