वि.सं.   आइतवार, माघ १२, २०७६   तदनुसार  26 January 2020

[गजल] जिउँदो फर्किन्छु फर्किन्न म आफ्नै आँगनीमा !

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५ ।    
Loading...

-श्यामश्वेत
पाठ्यक्रम पढाईयोस् सरकार अब अरबीमा ।
जवान चाहिएको छ अझैपनी लाखौँ खाडीमा ।

हरकोही एक परदेशिले जहाज चढ्दा सोच्छ,
जिउँदो फर्किन्छु फर्किन्न म आफ्नै आँगनीमा।

बाउ दिनरात ५५° घाम यसकारण सहिरहेछ,
छोरो कहिल्यै आउनु नपरोस यो मरुभूमिमा!

आफ्नै छोरो बाआमा आश्रम छोडेर जान्छ
बाआमा सोच्छन यो बानी नसरोस नातिमा!

अरबै कमाएर केभो कात्रोमा खल्ती हुँदैन
यहि लिएको यहि छोड्नु पर्छ आखिरिमा!

मैले मुटु दिए मुटुमा सजाउनका निम्ति
टुक्राटुक्रा पारी उसले राखेर चुलेसिमा!!

प्रतिक्रिया दिनुहोस्: