वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

बर्दियाली गजलकार धनसिंह गिरीको गजलसंग्रह साक्षी किनारा सार्वजनिक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, बैशाख ७, २०७६ ।    

सौगात श्रेष्ठ/गुलरिया (बर्दिया) ।
बर्दियाली साहित्यका धनसिंह गिरीको गजलसंग्रह साक्षी किनारा सार्वजनिक भएके छ । बर्दियाली साहित्य मन्च, बगनाहा, बर्दियाले प्रकाशन गरेको गजल संग्रह साक्षी किनाराको बैशाख ०६ गते शुक्रबार बर्दियाको सदरमुकाम गुलरियामा एक कार्यक्रमका बिच बिमोचन गरिएको हो ।

गजल सौन्दर्य उपासक डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ र गुलरिया नगरपालिकाकी नगर उप–प्रमुख सुशिला गिरीले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका हुन् । सो गजलसंग्रहको पत्रकार राजेन्द्र धितालले समीक्षा गरेका थिए ।

८० पृष्ठ लामो गजल सग्रंहमा साहित्यकारका विभिन्न परिवेश, विभिन्न घटनाक्रमहरु र अनुभव झल्काउने ६६ वटा गजलहरु संग्रहित रहेको छ । गजलसंग्रहमा देशको परिस्थीतीको विषयमा चिन्ता, प्रेम भाव, सामाजिक समस्याहरु, जिवन भोगाई लगायतका विषयवस्तुहरुलाई समेटेर तयार गरिएका उत्कृष्ठ गजलहरु संग्रहित छन् ।

गजलसंग्रह बिमोचन कार्यक्रममा गजलमा बिद्यावारिधी गरेका नवलपरासीका गजल सौन्दर्य उपासक डा. घनश्याम न्यौपाने ‘परिश्रमी’लाई षष्टीपुर्ति अभिनन्दन समेत गरिएको छ । न्यौपाने त्रिभुवन विश्वविद्यालयका प्रध्यापक समेत हुन् । उनका २२ वटा कृतीहरु प्रकाशित छन् ।

सोहि कार्यक्रममा कथाकार लक्ष्मी बस्यालकोे कथा सग्रंह बेचिएकी चेलीको पनि विमोचन गरिएको छ । कार्यक्रममा बाँके, बर्दिया, चितवन, काठमाण्डौ, जाजरकोट, सुर्खेत लगायतका जिल्लाहरुबाट ५० भन्दा बढी साहित्यकारहरुको सहभागितामा रहेको थियो । यस अघि बर्दियाली साहित्य मन्चले २०७३ सालमा बर्दियाका २० जना गजलकारहरुको प्रतिनिधी मुलक गजलहरु समावेश गरिएको बर्दियाली गजल संग्रह प्रकाशनमा ल्याई सकेको छ ।

बर्दियाली साहित्य मन्च, बगनाहाका अध्यक्ष डि.बि. रास्कल उपेन्द्रको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...