वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

बाँचेको छु पत्थरको मन बनाएर…

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, चैत्र ११, २०७४ ।    
  • प्रकाश पौडेल

गजल:
तिम्रो यादहरुको धन बनाएर ।
बाँचेको छु पत्थरको मन बनाएर ।

पठाउनु उपहार मलाई भन्छे-
ईश्वरको पनि धड्कन बनाएर ।

रुपकै आधारमा भेदभाव गर्ने,
मान्छेले चलाउछ चलन बनाएर।

यार अचेल बारम्बार भन्छेउ,
जलाउछ दिल जलन बनाएर।

प्रकाशले मनमुटुमा राखेको छ,
प्रेमको चिनारी कफन बनाएर।

-गुलरिया बर्दिया

प्रतिक्रिया दिनुहोस्: