वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

गजल: ईश्वरले किन बनायो हरचिज दरिद्र राखेर? [प्रकाश संगम]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन १२, २०७४ ।    
  • प्रकाश संगम

ईश्वरले किन बनायो हरचिज दरिद्र राखेर ।
जस्तो यो आकाश पनि बनायो छिद्र राखेर ।

मैले यसरी आफ्नै मुर्खता परिक्षण गरेको छु,
उही पत्थरलाई मन्दिर बाहिर र भित्र राखेर ।

दिन एक दिन सबैको ओरालो लाग्न सक्छ,
न जोख्नु कैलै कसैको तराजुमा चरित्र राखेर ।

यो छिमेकीसंगको गला प्यार अझै बुझिएन,
जान्दाजान्दै उ सम्बन्ध बढाउछ अस्त्र राखेर ।

गुर्भाकोट न.पा.८ सुर्खेत
हाल- दुबई

प्रतिक्रिया दिनुहोस्: