वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

गजल : नारा खाएर जनता बाँच्छन्, नारा नै सबथोक …

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, चैत्र १७, २०७४ ।    
  • गुरुप्रसाद कुमाल ‘बुलबुल’

झुसिलकिरा कसरी बन्यो पुतली म साेच्दैछु ।
त्यो परजीवी कसरी बन्यो सुन्दरी म साेच्दैछु ।

लाइदिनेछु स्वस्तिक छाप, जाबाे त्याे छाप त हाे,
चामल दिए चलिहाल्छ नि, जिन्दगी म साेच्दैछु ।

नारा खाएर जनता बाँच्छन्, नारा नै सबथोक,
नारा सुनेरै सबैकाे चल्छ ढुक्ढुकी म साेच्दैछु ।

जात, धर्मका मन्द ती विष खुवाइ सुताए छन्,
जुरुक्क जाग्ने बनाइहालुँ ओखती म साेच्दैछु ।

-देउखुरी गजल अभियान, दाङ

प्रतिक्रिया दिनुहोस्: