वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

त्यो विश्वासको डुङ्गा त कागजको रहेछ… [अमृत ढकाल निर्जन]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ ।    

अमृत ढकाल निर्जन

तिम्रो व्यबहार देख्दा कुरा सुन्दा त कागजको रहेछ ।
लाग्छ त्यो   चट्टान , त्यो ढुङ्गा    त   कागजको रहेछ ।

तिमीले जिन्दगीको सफर तर्नु भनेर दिएकी थियौ,
त्यो   विश्वासको    डुङ्गा त     कागजको रहेछ ।

मैले त साँच्चै फूल ठानेँ र सुगन्ध खोजेँ,
बिडम्बना त्यो थुङ्गा त कागजको रहेछ ।

जस्लाई उडेको देखेर सुनौलो यात्राको तय गरेथेँ,
रहेछ त्यो केवल    चङ्गा त    कागजको रहेछ ।

स्वार्थको     आगोले    सारा जलेर    खरानी भए,
देश बनाउछौ भन्नेहरुको दङ्गा त कागजको रहेछ ।

प्रतिक्रिया दिनुहोस्: