वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

आमाको पूण्यतिथीमा अक्षयकोषको घोषणा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, अशोज ७, २०७५ ।    

ठाकुरबाबा, बर्दिया ।
स्वर्गीय दिल कुमारी श्रेष्ठको स्मृतीमा ठाकुरबाबा नगरपालिका-३, जुड्पानी निवासी श्रीमान् कुल प्रसाद श्रेष्ठ, छोराहरु सन्तोष श्रेष्ठ र सुवर्ण श्रेष्ठले वार्षिक पूण्यतिथी तथा सामाजिक सेवा दिवसका अवसरमा तीन लाख रुपैयाँको अक्षयकोषको घोषणा गरेका छन् ।

अक्षयकोषमा जम्मा गरिएको रकमबाट प्राप्त हुने ब्याजबाट हरेक दुई दुई वर्षको भाद्र १९ गते छात्रवृत्ति वा पुरस्कार वितरण गरिने स्वर्गीय श्रेष्ठका छोरा तथा बर्दिया अनलाईनका प्रधान सम्पादक सन्तोष श्रेष्ठले बताए ।

ठाकुरबाबा नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने तथा पुरस्कार सामाजिक क्षेत्रमा उत्कृष्ठ सेवा पुर्याउने बर्दिया जिल्लाका एक पुरुष तथा एक महिलालाई प्रदान गरिने बताईएको छ ।

स्वर्गीय दिल कुमारी श्रेष्ठ विभिन्न स्थानिय संघ संस्था तथा समूहहरुमा सक्रिय रहि सामाजिक सेवा गरि रहनु भएको र लामो समय सम्म पनी सक्रिय रहने इच्छा रहेकाले उहाँको सोहि इच्छालाई कदर गर्दै अक्षयकोषको स्थापना गरिएको श्रीमान् कुल प्रसाद श्रेष्ठले जानकारी दिए । स्वर्गीय श्रेष्ठका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्: