वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

विद्यार्थीहरुको नि:शुल्क स्वास्थ्य परिक्षण माग गर्दै बढैयातालमा ज्ञापन पत्र

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, अशोज २, २०७५ ।    

बढैयाताल,बर्दिया।
गाउँपालिका भित्रका सामुुदायिक बिद्यालयहरुमा स्वास्थ्य परिक्षण पहलको लागि आज बढैयाताल गाउँपालिकामा ज्ञापन पत्र बुझाइएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ र प्रशासकिय प्रमुख लाल बहादुुर योगीलाई बढैयाताल गाउँपालिका वडा नं. ३ मा गठन गरिएको स्थानीय सभाका अध्यक्ष हरि बहादुर घर्ती र सचिव गंगाधर पराजुलीले ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझनु हुदै अध्यक्ष श्रेष्ठले विद्यार्थीहरु सबै भन्दा पहिले स्वास्थ्य रहे मात्रै गुणस्तरीय शिक्षा आर्जन गर्न सक्ने भएकोले आगामी दिनमा बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखा र शिक्षा शाखासंग समन्वय र सहकार्य गरि विद्यालयहरुमा स्वास्थ्य परिक्षण गर्ने प्रतिबद्धता गरेको सोम गुरुङले जनाएका छन।


सामुुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण नहुनु भन्ने सवाल छनौट गरि विद्यालयमा विद्यार्थीको स्वास्थ्य परिक्षण भए नभएको बारे वस्तु स्थिती बारे अनुसन्धान समेत गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका कार्यक्रम ब्यवस्थापक रबिन्द्र कुमार ज्ञवालीले जानकारी गराएका थिए । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङले सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुमा स्वास्थ्य परिक्षण नभएको बारे सवाल उठाउदै आएको जानकारी दिए ।
नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन भनी मौलिक हकको रुपमा उल्लेख गरेको छ । राष्ट्रिय शिक्षा विधेयक २०७५ अनुसार विद्यालयहरुमा अनिवार्य रुपमा प्राथमिक स्वास्थ्य उपचार गरिनुपर्ने ब्यवस्था ल्याएको छ । यसै अन्तर्गत रहेर सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले सामुुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण हुनु पर्ने भन्दै बर्दिया जिल्लामा रहेर शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरुसंग सहकार्य गरि सो सवाललाई उठान गर्ने गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्: