वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

उत्साहजनक रुपमा प्रथम बर्दिया युवा सम्मेलन सम्पन्न

        सन्तोष श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, माघ १९, २०७५ ।    

भुरिगाउँ, बर्दिया ।
‘समाज परिवर्तनका लागि युवा अभियान’ भन्ने नाराका साथ बर्दियामा पहिलोपटक युवा सम्मेलन सम्पन्न भएको छ । समृद्ध जिल्लाको परिकल्पना गर्दै जिल्लामा कृषि र पर्यटनको प्रवर्धन र स्वरोजगारका लागि व्यवसायिक शिक्षामा युवालाई अग्रसर गराउने उद्देश्यका साथ बर्दियामा पहिलोपटक ‘बर्दिया युवा सम्मेलन-२०७५’ आयोजना गरिएको हो ।
बर्दियाका ८ वटै स्थानिय तहबाट आएका झण्डै ९० जना सहभागी युवाहरुलाई देशका प्रतिष्ठित व्यक्तित्वहरुले आफ्ना अनुभव, सुझाबसहित प्रशिक्षण गरेका थिए । प्राध्यापक तथा पुर्वाधारबिद् डा. सुर्यराज आचार्य, कृषी पर्यटन व्यवसायि कालु हमाल, युवा उद्यमी पैचो पसलका धुव्रप्रसाद न्यौपाने र कान्छा सामाजिक अभियन्ता केपी खनालका साथै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घन नारायण श्रेष्ठले समेत युवाहरुका विच अनुभव, सुझाबहरु व्यक्त गरेका थिए ।
ठाकुरबाबा नगरपालिका, लायन्स क्लव अफ भुरीगाउँ बर्दिया र विकासप्रेमी युवा समुहको संयुक्त आयोजनामा सम्पन्न बर्दिया युथ समिट २०७५ अर्थात युवा सम्मेलनमा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले कृषीलाई आधुनिकीककरण गरेर पर्यटनको क्षेत्रलाई अघि बढाउन युवाहरु अग्रसर भएर बढ्न सकेमा मात्रै बर्दियाको समृद्धि सम्भव रहेको औंल्याए । त्यसका लागि आफु र सिंगो नगरपालिका युवाहरुलाई सहयोग गर्न हरबखत तयार रहेको बताए ।
पहिलो जिल्ला स्तरिय बर्दिया युवा सम्मेलनले युवाहरुलाई आत्मजागरुक बनाउनुका साथै सबै युवाहरुमा एकजुटको भावना विकास र सकारात्मक सोचको निर्माण गर्दै स्वरोजगार बन्न प्रेरित गर्ने लायन्स क्लव अफ भुरिगाउँ तथा बिकासप्रेमी युवा समुह संयोजक गोपाल निरौलाले बताए । पर्यटकिय स्थल बर्दिया निकुञ्ज नजिक गुन्द्रुक होटल आम्बासामा आयोजना गरिएको बर्दिया युवा सम्मेलनमा युवा अभियन्ताहरुले कृषी क्षेत्रमा प्रशस्त सम्भावना रहेको संकेत गर्दै बेरोजगार युवाहरुलाई कृषी क्षेत्रमा लागेर आर्थिक समृद्धी हासिल गर्न आग्रह गरेका छन् ।
जिल्लामा लागुऔषध दुर्व्यसनी विरुद्ध विशेष अभियान चलाई समाजलाई सुसस्कृत राख्न सकृय रहदै आएको भन्दै बर्दिया प्रहरीका प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनालीलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्:


Loading...