वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

बर्दियाको बाँसगढीमा गुडिरहेको बसमा आगलागी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, जेष्ठ १२, २०७५ ।    

बाँसगढी, बर्दिया ।
पूर्वपश्चिम राजमार्गको बर्दिया बाँसगढी सडक खण्डमा काठमाण्डौबाट डडेल्धुरा जादै गरेको एक यात्रुबाहक बसमा आज बिहानै अचानक आगो लागेको छ ।
बाँसगढी नगरपालिका वडा नं. ३ उत्तरभकारीमा उग्रतारा ट्राभल्सको बा ४ ख ८४९२ यात्रुबाहक बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा दायाँ पट्टिको चक्का घिसारिएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।
बसमा चालक दलका सदस्य सहित ३८ जना सवार थिए । मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
आगोलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: