वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

ठाकुरबाबाका बालबालिकाले गरे बृहत शैक्षिक सामाग्री प्रदर्शन (फोटो फिचर)

        सुदीप अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, अशोज ३, २०७६ ।    

ठाकुरबाबा (बर्दिया)- ५ औँ संविधान दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकामा बृहत शैक्षिक सामाग्री प्रदर्शन गरिएको छ । ठाकुरबाबा नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाहरुले विद्यालयमा निमार्ण गरिएका विभिन्न प्रकारका शैक्षिक सामाग्री प्रदर्शन गरेका हुन् ।
नगर क्षेत्रका सामुदायिक र संस्थागत गरि ४१ वटा विद्यालयका विद्यार्थीहरु शैक्षिक सामाग्री प्रदर्शनीमा सहभागी भएका थिए । विद्यार्थीहरुले आआफनो विद्यालयका लागि तयार पारिएको स्टलमा सामाग्री प्रदर्शन गरेका थिए । प्रदर्शनीमा राखिएका शैक्षिक सामाग्रीहरुलाई बालबालिका, शिक्षक, अभिभावक, जनप्रतिनिधी, कर्मचारीलगाएतकाले अवलोकन गरेका थिए । अवलोकनकर्तालाई विद्यार्थीहरुले सामाग्रीहरुका बारेमा जानकारी गराएका थिए ।
विद्यार्थीहरुले स्थानिय स्रोत साधन प्रयोग गरि शैक्षिक सामाग्री निमार्ण गरि प्रदर्शनी गरेका हुन् । विद्यार्थीहरुले अत्यन्तै रोचक, समसामयिक र शिक्षण क्रियाकलापमा उपयोगी सामाग्रीहरु निमार्ण गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामहरि रिजालले बताए । प्रदर्शन गरिएका शैक्षिक सामाग्रीहरुलाई शिक्षकहरुले शिक्षण क्रियाकलापका प्रयोग गरि सिकाइलाई प्रभावकारी बनाउन सुझाव दिए ।
विद्यालयहरुमा शैक्षिक सामाग्री निमार्ण गरि शिक्षण सिकाई गर्नाले विद्यार्थीहरुमा प्रयोगात्मक ज्ञान हासिल हुने भएकाले शैक्षिक सामाग्री निमार्ण कार्य अत्यन्त आवश्यक रहेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए । शैक्षिक सामाग्री निमार्ण एर्व प्रदर्शनीले विद्यार्थीहरुमा निकै हौसला बढाएको त्रिभुवन माध्यमिक विद्यालयकी छात्रा इन्द्रसरा तिमिल्सेनाले बताइन् ।
प्रदर्शनमा राखिएको शैक्षिक सामाग्रीहरु मध्ये त्रिभुवन माध्यमिक विद्यालय भुरिगाउका विद्यार्थीहरुले निमार्ण गरेका सामाग्री सबै भन्दा उत्कृष्ट घोषण गरिएको थियो ।
संविधान दिवसका अवसरमा ठाकुरबाबा नगरपालिकामा आधारभुत तहका शिक्षकहरु बिच बिहीबार भएको हाजिरीजवाफ प्रतियोगिता प्रथम, द्धितिय र तृतीय हुने शिक्षकहरुलाई सम्पन्न गरिएको थियो । आधारभुत तहका शिक्षकहरु बिच भएको हाजिरीजवाफ प्रतियोगितामा चुरे माध्यमिक विद्यालय बग्नाहाका शिक्षक प्रथम, त्रिभुवन माध्यमिक विद्यालय भुरिगाउँ दोस्रो र जनचाहना आधारभुत विद्यालय डुम्रेनीका शिक्षकले तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा १४ वटा विद्यालयका आधरभुत तहका शिक्षकहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...