वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

१८० बिगहा जमिनमा सुख्खा बन्दरगाह निर्माण शुरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, फाल्गुन २१, २०७४ ।    

भगतराम थारु/नेपालगन्ज। 
नेपाल भारतको सिमानामा पर्ने बाँकेको जयसपुर नजिकै १ सय ८० बिगहा जमिनमा सुख्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ । नेपाल–भारतबीच भएको सम्झौताअनुसार बाँके जिल्लाको सीमा क्षेत्रमा अन्तर्रा्ष्ट्रिय व्यापार केन्द्र एवम् सुख्खा बन्दरगाह निर्माण प्रक्रियाअघि बढाइएको हो ।
दुई मुलुकबीच भएको सम्झौता अनुसार अहिले बन्दरगाह निर्माणका लागि भारतको क्षेत्रबाट कामको थालनी भएको छ । नेपालगन्ज भन्सारको पश्चिम जयसपुर र साईगाउँ क्षेत्रमा अधिग्रहण गरिएको जग्गामा बन्दरगाह निर्माणका लागि जग्गा संरक्षणका लागि तारबार गरिएको छ ।
बन्दरगाहका लागि नेपालले जग्गाको व्यवस्था गरेपछि भौतिक संरचना निर्माणको काम भारतीय पक्षले ठेक्का लिई कामको प्रक्रिया अगाडी बढाएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले बताए । सुख्खा बन्दरगाह निर्माणको सम्पूर्ण जिम्मा भारतले लिएको समेत प्रमुख आचार्यले जनाए ।


नेपालगन्ज बन्दरगाह ९ सय मिटर लम्बाई र ५ सय मिटर चौडाईको हुने बताइएको छ । बन्दरगाहको प्रवेशमार्गका लागि ६० मिटर चौडाइको बनाउने गरी २ हजार ७ सय मिटर सडक क्षेत्र छुट्याइएको छ । कुल १ सय ८० क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा ६३ विगाह जमिनमा घेरा बन्दि गरिएको छ भने २७ विगाह जमिन बाटोको लागि छुट्याएको प्रमुख आचार्यले बताए । भारतको आर्थिक सहयोगमा भारतीय ठेकेदारले नै सुख्खा बन्दरगाह निर्माण गर्ने सम्झौता भए लगत्तै कामको सुरुवात भएको प्रमुख आचार्यले बताए । भारतको सिमाना हुदै कामको थालनी भएको छ । दुई बर्षको अवधिमा निर्माण काम सम्पन्न हुने गरि ठेक्का भारतले लिएको उनले जानकारी दिए । नेपालगन्ज सुख्खा बन्दरगाह संचालनमा आए निकासी सहज हुने आचार्यको भनाइ छ । बन्दरगाह निर्माणले सामान आयात–निर्यात गर्न व्यापारीलाई सहज हुनुका साथै कर्मचारीलाई पनि काम गर्न सजिलो हुने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख आचार्यले बताए । बन्दरगाह निर्माण भएपछि छ लेनको रेलमार्ग समेत बन्ने उनको भनाइ छ ।
नेपाल भारत सरकारले सुख्खा बन्दरगाहका लागि २००४ सालमा सर्वे गरिएको भारत पचपोखरीका ओमकार नाथ बर्माले बताए। नेपाल भारतको सिमानमा पर्ने बन्दरगाह पिलर नं. ३१ लाई सेन्टर मानेर दुई देश विचको सम्झौता भएको बर्माले बताए।
भारततिर बाटो निर्माणको कार्य भैरहेको पचपोखरीकै सुरेश सोनीले बताए । सर्वे गर्दा २२ हजार रुपैया कठ्ठा जग्गा धनिलाई राज्यले मुआव्जामा दिएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: