वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

डाक्टर के.सी.को समर्थनमा बर्दियामा जनप्रदर्शन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, असार ३२, २०७५ ।    

मिन अधिकारी/गुलरिया (बर्दिया) ।
जुम्लामा आमरण असनरत डाक्टर गोबिन्द के.सी.को समर्थनमा बर्दियामा जनप्रदर्शन भएको छ । स्वास्थ्य सेवा सरोकार समाज बर्दियाको नेतृत्वमा सदरमुकाम गुलरियामा जनप्रदर्शन भएको हो ।

– जनप्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै वत्ताहरु ।

प्रदर्शनकारीहरुले जुलुस प्रदर्शनका साथ  कोण सभा पनि गरेका छन् । कोण सभामा बोल्ने नागरिक वक्ताहरुले डाक्टर गोबिन्द के.सी.ले राखेको माग कुनै राजनैतिक पार्टीको पक्ष वा बिपक्षमा नभई आम जनता प्रति सरोकार राख्ने हुनाले यसलाई राजनैतिक रंग दिन नहुने बाताएका छन् ।

जनताले सहज, सुलभ, सस्तो र भरपर्दो सेवा पाउनु पर्छ, गरिबका छोरा छोरीहरुले पनि निःशुल्क चिकित्सा शिक्षा पढ्न पाउने गरी देशका बिभिन्न ठाँउहरुमा मेडिकल कलेज खोल्नु पर्छ, जनताको लागि औषधि उपचार महंगो नहोस भनि आमरण अनसन बसेका डाक्टर गोबिन्द के.सी.को जिवन रक्षाको लागि सरकार संग यथासिघ्र माग पुरा गर्न सरकारलाई दबाबा दिन प्रदर्शन गरिएको आयोजक स्वास्थ्य सेवा सरोकार समाज बर्दियाले जनाएको छ ।

डाक्टर के.सी.को मागको सर्मथनमा लेखिएका कागजका टोपी, ब्यानर तथा प्लेकार्ड सहित गुलरिया नगरपालिका वडा नम्बर ७ स्थित आँप  बगैचाबाट जुलुश शुरु भएको जुलुस गुलरिया बजार परिक्रमा गर्दै जिल्ला अदालत अगाडीको पिपल चौतारामा पुगि कोणसभामा परिणत भई समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: