वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

मधुवनमा शंकास्पद प्रेसरकुकर भटियो : निस्कृय पार्न आदेश कुर्दै सेना

        प्रेम बुढा   |   प्रकाशित मिति: बिहिबार, चैत्र १५, २०७४ ।    

प्रेम बुढा/ताराताल ।
मधुवन नगरपालिकाको वडा नम्बर ६ मा रहेको एक ग्रेडर मेसिनमा फेला परेको शंकास्पद बस्तु देखिए पछी स्थानिय त्रसिद बनेका छन । सो स्थानमा भेटिएको शंकास्पद प्रेसर कुकर सेनाको एक टोलीले घटनास्थल भन्दा केही पर लगेपनि डिस्पोज हुन सकेको छैन । सेनाले आदेश नपाउँदा डिस्पोज हुन नसकेको हो ।

विहान ६ बजे फेला परेको शंकास्पद बस्तु बम वा त्रसित बनाउन राखिएको प्रेसर कुकर मात्रै हो भन्ने अझै पुष्टी हुन सकेको छैन । गुलरीयाबाट आएको नेपाली सेनाको डिस्पोजल टोलीले उक्त प्रेसर कुकरलाई डिस्पोजका लागि करिब पाचँसय मिटर पर जंगल क्षेत्रमा लगेको छ ।
डिस्पोजका लागि सबै सामाग्री सहित सदरमुकाम गुलरियाबाट आएको सेनाको टोली आदेश कुरेर बसेको हो । आदेशका लागि प्रक्रिया पुर्‍याउन केही समय लाग्ने भएपछि सेना सदरमुकाम फर्किएको छ। डिस्पोजका लागि माथिको आदेश आउन समय लाग्ने र खाना खाने समय भएको भन्दै सेना सदरमुकाम फर्किएको बताईएको छ ।


डिस्पोज गर्ने आदेश आएपछि सदरमुकामबाट १२ किलोमिटर पश्चिम तर्फ उक्त प्रेसरकुकर भएको स्थानमा सेना फेरी पुग्नु पर्ने छ । अन्य व्यक्तिलाई प्रवेश निषेध गरि नेपाल प्रहरी र शसस्त्र प्रहरीले अहिले सुरक्षा दिइ रहेका छन । शंकास्पद बस्तु लामो समय देखी डिस्पोज नहुँदा बासिन्दा त्रसित छन।
उक्त शंकाश्पद प्रेसरकुकर बम कसले किन राखेको स्पष्ट भई नसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: