वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

स्थानिय विपद व्यवस्थापनमा ठाकुरबाबाले शुरु गर्‍यो पहल

          |   प्रकाशित मिति: मङ्लबार, जेष्ठ १५, २०७५ ।    

भिमा कंडेल/ भुरिगाउँ,(बर्दिया)।
ठाकुरबाबा नगरपालिकाको स्थानिय विपद व्यवस्थापन समितीको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । नदी कटान समस्याका बारेमा गुनासो आइरहेकाले बबई सिचाई आयोजनाले संचालन गरेको योजनाबाट नहर निमार्णलाई समेत क्षति पुग्न सक्ने देखिएको आवश्यक ठानी स्थानिय विपत ब्यवस्थापन समितीको बैठकले स्थानिय बासिन्दालाई पर्ने असर र क्षति कम गर्ने विषयमा वृहत छलफल गरी विभिन्न निर्णय गरीएको छ ।


ठाकुरबाबा नगरपालिकाका इन्जिनियर प्रजेश कुमार आलेको प्रतिबेदन अनुसार उक्त क्षेत्रबाट निकाल्ने ८० हजार घन मिटर ढुगां गिट्टी बालुवा जिल्ला प्रसाशन कार्यालय बर्दिया एवं जिल्लामा संचालित स्थानीय आयोजनाहरुलाई अनुरोध गरि पठाउने निर्णय भएको छ ।
यसैगरी ठाकुरबाबा नगरपालिकामा अधिकांश खोला नदिनालाले घेरिएको स्थान भएकाले र हावाहुरी आदीबाट क्षती हुने जोखिम युक्त क्षेत्र भएकाले यसलाई बचाउन आगामी दिनमा संयुक्त रुपमा कार्य योजना बनाई अगाडी बढ्न जरुरी देखिएको भन्दै यसका लागि नेपाल रेडक्रस सोसाइटी, उपशाखाहरुलाई कार्ययोजना बनाई अगामी बैठकमा अनुरोध गर्ने निर्णय भएको प्रशासकिय अधिकृत लोक बहादुर सुनारले बताए ।
जेठ पहिलो साता आएको हावाहुरीबाट नगरपालिका भित्रका बिभिन्न वडाहरुमा घर, गोठ, बगैचा आदीमा क्षति पुर्याएको सम्बन्धीत वडाहरुबाट आएको सिफारिस बमोजिम सम्बन्धित घरधनिहरुलाई क्षतिको विवरणका आधारमा प्रति परिवार ५ हजार रुपैयाका दरले जम्मा ३८ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गवाङबाट राहत वितरण कार्य भएको र थप राहतका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।
त्यस्तै स्थानिय विपद व्यवस्थापन समितीको पहिलो बैठकबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ वनकट्टी गाउँदेखि पुर्व पट्टी बबइ नदिको पश्चिम किनारमा ढुगां गिट्टी बालुवा थुप्रिन गई नदिको बहाबलाई समेत पश्चिम किनाराबाट बग्न बाध्य पारेकाले त्यसको ब्यवस्थान गरिदिन स्थानिय बासिन्दाहरुले माग गरेका थिए ।
छलफल कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख मान बहादुर बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । ठाकुरबाबा नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष, समाजसेवी, राजनीतीक दलका प्रतिनिधी, संरक्षणकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थीती रहेको थियो भने छलफल कार्यक्रम ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्: