वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

सिर्जना कार्कीको स्वरमा ‘धेरै-धेरै’ गीतको म्युजिक भिडियो सार्वजनिक

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, अशोज ७, २०७५ ।    

बर्दिया।
सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै-धेरै’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ। यस अघी ‘मनको राजा’ ‘माया’ लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युटुब सिर्जना कार्की मार्फत सार्वजनिक गरेकी हुन ।
प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।
राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीतको संगीत रहेको म्युजिक भिडियोमा ह्यान्ड टु ह्यान्ड क्र्यूको साथमा सिर्जना आफ्नै अभिनय हेर्न सकिन्छ । उक्त गीतलाई राम कुमार केसीले छायांकन गरेका छन् भने कोरियोग्राफी र निर्देशन राज महर्जनलेले गरेका छन् । गीतमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । म्यूजिक भिडियो सार्वजनिक भएसँगै श्रोता र दर्शकको प्रतिकृयाले उत्साहित देखिएका गायिका सिर्जना आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताउछिन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्: