वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

प्रलोभन देखाएर क्रिश्चियन धर्ममा प्रवेश गराउने पाँच जना पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, कार्तिक २६, २०७५ ।    

भावुक योगी/बर्दिया ।
क्रिश्चियन धर्ममा प्रवेश गराउने अभियानमा लागेको अभियोगमा बर्दिया प्रहरीले सोमबार दिउँसो एक जना विदेशी नागरिक र चार जना नेपाली सहित पाँच जनालाई पक्राउ गरेको छ ।

बर्दियाका विभिन्न गाउँमा स्थानीय नागरिकलाई आर्कषित पार्न क्रिश्चियन धर्मबारे प्रचारप्रसार गर्दै हिँडेका एकजना अष्ट्रेलियन नागरिक सहित नेपाली नागरिक श्वेता मानन्धर, सृजनकुमार मानन्धर, दलबहादुर तिरुवा र तेजबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारि दिए ।

बर्दियाका विभिन्न ठाउँमा क्रिश्चियन धर्ममा प्रवेश गराउने उदेश्यले प्रचारप्रसार गरिरहेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक मैनालीले बताए । उनीहरुले विभिन्न प्रलोभन देखाएर धर्म परवर्तन गर्न आग्रह गर्दै हिँडेका तिए ।  क्रिश्चियन धर्म परिवर्तनको प्रचारप्रसार सामग्रीसमेत फेला परेपछि उनस्हरुलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ ।

पक्राउ परेका चार जनामाथि धर्म परिवर्तन गर्नमा प्रेरित गरेको कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको बर्दियाका प्रहरी उपरीक्षक मैनालीले बताए । अष्ट्रेलियन महिलालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

धर्म परिवर्तन गराउने काम अपराध रहेको र यस्तो काममा संलग्नलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । संहिता ऐनको परिच्छेद ९ अन्तर्गत १५८ मा कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनु हुँदैन । दोषी प्रमाण भयो भने कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यदि पीडक वा दोषी विदेशी भए त्यस्तो व्यक्तिलाई कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्ने ऐनमा प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्: