वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

भौरा क्षेत्रको धान खेतीमा ‘खैरा’ रोगले किसान चिन्तित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५ ।    

मिन अधिकारी/राजापुर ।
बर्दियाको भौरा क्षेत्रको धान खेतीमा खेरे (खैरा) रोग लाग्न थालेको छ । गत जेठदेखि भौरा क्षेत्रका किसानहरु धान खेतीमा जूटेका थिए । केही किसानले अझै धान रोप्दै छन् तर पहिले रोपेको धानमा खैरा रोगको समस्या देखिएपछी किसान चिन्तित देखिएका हुन । ‘केही किसानहरु अझै रोपाइमा छन, पहिले रोपेको धानमा खैरे रोगले बाली नै प्रभावित पार्न थालिसक्यो ।’  राजापुर नगरपालिका २ जोतपुरका किसान सीताराम थारुले बताए । पानी जम्ने खल्ला खेतमा रोगको समस्या देखिएको उनले बताए ।
“भौरा क्षेत्रमा राम्ररी पानी नै परेको छैन, खेतमा तातो पानी जम्ने वित्तिकै रोग लाग्ने गरेको छ” राजापुर नगरपालिका वडा नं. ३ टेडियाका किसान तथा भिम्मापुर कुलापानी चौधरी दिल वहादुर चौधरीले दुखेसो पोखे । कुलाको पानी जति लगाए पनि रोग हटाउन आकाशबाट पानी पर्नु पर्ने उनको भनाई छ । अहिले धानमा सामान्य रुपमा रोग देखिएको वताउने किसानहरुले रोग नियन्त्रणका लागि आवश्यक पर्ने औषधी खरिद गर्न राजापुरमा रहेको कृषि सेवा केन्द्र सँग सल्लाह गर्ने बताएका छन् । संञ्चार माध्यम र पत्र पत्रिकाहरुमा खेतीपातीमा लाग्ने समस्याहरुका वारेमा सूचना र कार्यक्रम प्रशारण गर्नु पर्ने राजापुर नगरपालिका २ जोतपुरका किसान कृष्ण थारुले माग राखे ।

प्रतिक्रिया दिनुहोस्: