वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

पत्रकार योगीलाई धम्की दिने ब्यक्ति पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६ ।    

भुरिगाउँ, बर्दिया ।
उज्यालोका बर्दिया संवाददाता एवम् रेडियो टाइगरका प्रबन्धक भावुक योगीलाई ज्यान मार्ने धम्की दिने ब्यक्ति पक्राउ परेका छन् ।

अपरिचित नम्बरबाट कमल शाही पाल्पा घर बताउने व्यक्तिले अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएपछि योगीले जिउ ज्यानको सुरक्षासहित दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै उजुरी दिएका थिए । पत्रकार योगीले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा धम्की दिने ब्यक्ति पत्राउ परेको प्रहरीले जनाएको छ ।

फोनमा धम्की दिने ब्यक्ति बर्दिया गुलरिया नगरपालिका–२, पण्डितपुर बस्ने वर्ष २६ को  कर्ण बहादुर सारु मगर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्ति संग घटनाका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । पत्रकार योगी नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका सचिव समेत  हुन् ।

 

यो पनि पढ्नुहोस्:

ज्यान मार्ने धम्की आएपछि पत्रकारले दिए उजुरी

प्रतिक्रिया दिनुहोस्:


Loading...