वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

‘पुर्ख्यौली पेशा छोड्न चाहन्नौँ, सरकारले जोगाउन सहयोग गरोस्’ : सोनाहा समुदाय

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, अशोज १५, २०७५ ।    

मिन अधिकारी/राजापुर,बर्दिया। सोनाहा समुदायले आफुहरुलाई जातिय पहिचानको सुचीमा सुचिकृत नगरेर राज्यले हेपाहा व्यवहार गरेको गुनासो गरेका छन् । बर्दियाको राजापुरका सोनाह समुदायले आफुले पुर्खौदेखी गर्दै आएको सुन चाल्ने र माछा मार्ने काममा स्थानिय सरकारले तत्काल सहयोग गर्नुपर्ने माग गरेका हुन ।
सोनाहा जातिको पूख्र्यौली पेशा नै सुन चाल्ने, माछा मार्ने रहेकाले विगत केही समय देखि विभिन्न बहानामा नदी क्षेत्रमै जान निषेध गरिएकाले घर व्यवहार चलाउन समस्या भएको सोनाहा विकास समाजका अध्यक्ष एवम् सोनाह वस्तीका अगुवा सोनाहले बताए । नगरपालिका तथा गाउँपालिका क्षेत्र भित्र वसोवास गर्ने स्थानिय सोनाहा समुदायलाई अस्थायी प्रमाण पुर्जा दिएरै भएपनि आफ्नो पूख्र्यौली पेशालाई जोगाउन सहयोग गर्नु पर्ने सोनाहा समुदायकले मुख्य माग गरेका छन ।


आईतबार वर्दियाको राजापुर-१ मुर्गहवामा रहेको सोनाह वस्तीमा बर्दिया अनलाईनसहित रेडियो साथी एफ एम ९५ मेगाहर्ज राजापुरको ‘हेलो सरकार’ र रेडियो कृष्णसार नेपालगन्जको नियमित रेडियो वहस ‘पश्चिम सरोकार’ उत्पादनका क्रममा स्थानिय जनप्रनितिधिलाई धेरै पछि आफ्नै वस्तीमा भेटेपछि सोनाह समुदायका वासिन्दाले गुनासो र अपेक्षा सहित गुनासो गरेका हुन । स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँवस्तीमा देखिएको परिवर्तन र नागरिकका अपेक्षामा केन्द्रित रहेर वहस गरिएको थियो । वसहमा राजापुर नगरपालिकाकी उपमेयर मनकला चौधरी, स्थानिय चुनावमा उप-मेयरकी उम्मेदवार रहकी नेपाली काग्रेशकी नेतृ तारा चौधरी, सोनाहा विकास समाजका अध्यक्ष एवम् सोनाह वस्तीका अगुवा शान्ति सोनाह, वडा अध्यक्ष खुशी राम चौधरी र सोनाह समुदायका नागरिकहरु सहभागीता रहेको थियो । सोनाह समुदायको पराम्परागत पेशा संरक्षण र सोनाहा समुदायका दैनिक जीवनसँग जोडिएका समस्याका विषयमा मुख्य छलफल भएको थियो । वडाध्यक्ष चौधरीले आफुहरुले सोनाहा जातिको उन्नति र प्रगतिका लागि लक्षित योजनाहरु अब हुने नगर सभाबाटै निर्णय गराएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन । राजापुर नगरपालिकामा वडा कार्यालय र नगरपालिकाले पनि सोनाहा जातिका लागि विभिन्न सीप मूलक कार्यक्रम र तालिमका लागि वजेट छुट्याएको राजापुर नगरपालिकाकी उपप्रमुख चौधरीले बताईन । उनले थप सुविधाका लागि लागी पर्ने प्रतिवद्धता व्यक्त गरेकी छन । नेपाली काग्रेस नेतृ तारा चौधरीले सवै राजानितिक दलले यो समुदायका विकास लागि आवाज उठाउन पहल गर्नु पर्ने बताईन।

प्रतिक्रिया दिनुहोस्: