वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

धानको मुल्य निर्धारण गर्न खाद्य संस्थान राजापुरको ध्यानाकर्षण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, कार्तिक १४, २०७५ ।    

मिन अधिकारी,राजापुर।
किसानको धानको समयमै सही मूल्य निर्धारण गर्नु पर्ने माग राख्दै प्रदेश सांसदको नेतृत्वमा गएको एउटा टोलीले बर्दियाको राजापुरमा रहेको नेपाल खाद्य संस्थानको ध्यानाकर्षण गराएको छ । भौरा क्षेत्रका किसानले धान तयार गरिसके पनि नेपाल खाद्य संस्थान राजापुरले धान खरिदका लागि काटा नलगाएको बिषयमा पनि खाद्य संस्थानमा छलफल गरिएको थियो ।
प्रदेश नं.५ का सांसद दिपेश थारु, राजापुर नगरपालिकाका नगरप्रमुख शिब प्रसाद चौधरी, प्रतिनिधी सभाका पुर्व माननिय मान बहादुर थारु, कृषक प्रतिनिधी पहाडी थारु, व्यापारी शिब कुमार शर्मा, पत्रकारहरुको टोली र राजापुर खाद्य संस्था राजापुरका मिल प्रमुख अनिल श्रेष्ठ बिच संस्थानमा छलफल भएको थियो । छलफलको क्रममा किसानहरुले धान भित्र्याउन थालि सकेकोले छिटो भन्दा छिटो धान खरीद गरीनु पर्ने, समायोजन समितिको मूल्यसुची टाँस गरीनु पर्ने लगायतका बिषयहरुमा छलफल गरिएको थियो । राजापुर नगरपालिकाका नगरप्रमुख चौधरीले किसानको धान भित्रन लागि सकेको हुँदा मूल्यसुची टाँस गर्न अनुरोध गरे । प्रदेश नं.५ का सासद थारुले खाद्यले अहिले नै मूल्य निधारण गर्दा किसानको गुणस्तरिय धान पाउने र किसान पनि मर्कामा नपर्ने बताए । प्रतिनिधी सभाका पुर्व माननिय मान बहादुर थारुले सबै भन्दा पहिले मूल्य निधारण गरि मूल्यसुचि टाँस गर्न र छिटो खरीद कार्य संचालन गर्न अनुरोध गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार पत्राचार गर्दे यस बर्ष धान उत्पादनमा १५ देखी १७ प्रतिशतले बृद्धि भएको र नेपाल सरकारले मोटा धान प्रति कुन्टल २ हजार ३ सय ३१ तोकेकोमा हाल बर्दियाको तराई जिल्लाहरुमा प्रतिकुन्टल १९०० का दरले गल्ला व्यापारीहरुले धान खरीद गदै आइरहेका छन । यसले बर्दिया जिल्लामा खाद्यले ६० हजार क्विन्टल खरीद गर्ने लक्ष्य लिए पनि पुरा नहुने र अर्काे तर्फ किसानले उत्पादन गरेको धानको उचित मूल्य नपाउने भएकाले यथाशिघ्र धान खरीदमा पहल गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: