वि.सं.   सोमवार, असार २, २०७६   तदनुसार  17 June 2019

ठाकुरबाबाको बकुवामा नेपालकै पहिलो दलित कला अध्ययन संग्रहालय बन्दै

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५ ।    

सौगात श्रेष्ठ/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका– ६, बकुवामा दलित समुदायको कला, संस्कृती एवम् जिवनी अध्ययनका लागी नेपालकै पहिलो दलित कला तथा अध्ययन संग्रहालय बन्ने भएको छ ।

अन्य जातजाती, धर्म तथा समुदायको कला, संस्कृतीहरुको जगेर्ना गर्ने उद्देश्यले विभिन्न स्थानमा संग्रहालय तथा अध्ययन केन्द्र खुलि सकेको तर दलित समुदायको कला, संस्कृतीहरु लोप हुँदै जाँदा भावी पुस्ताले जानकारी सम्म नपाउने अवस्था आउन सक्ने भएकाले संग्रहालयको स्थापना गर्न लागीएको संग्रहालय स्थापनाका अभियानकर्ता मध्यका एक रेशम थापाले बताए ।

दलित समुदायको कला र संस्कृति बचाउने योजनाका साथ निर्माण हुन लागेको दलित कला तथा अध्ययन संग्रहालय नेपाल कै पहिलो स्थापित दलित संग्रहालय भएको निर्माण पक्षले दाबी गरेको छ । संग्रहालय स्थापनापछि नेपालमा दलितको इतिहास र वर्तमान बुझ्न चाहने तथा यसै विषयमा अध्ययन गर्न चाहनेहरुका लागी यस संग्रहालयले थप भुमिका खेल्ने बताईएको छ ।

संग्रहालयमा दलित समुदायको कला, संस्कृतीहरुको विषमा जानकारी मुलक सामाग्रीहरु राखिने निर्माण पक्षले जनाएको छ । दलित कला तथा अध्ययन संग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने अनुमान गरिएको छ । बर्दिया आफैमा पनी महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । बर्दिया स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य भएकाले यस संग्रहालयको स्थापना भए पछि पर्यटकहरुको आवागमन बृद्धिमा थप सहयोग पुग्ने अभियानकर्ता थापाले बताए ।

कार्यक्रममा बोल्दै संघीय सांसद विमला वि.क.ले आफ्नो तर्फबाट संग्रहालयका लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । प्रदेश सांसद कुलप्रसाद पोख्रेललले पनि आफ्नो क्षमताले भ्याएसम्म पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । संग्रालय निर्माण तिहार लगत्तै गर्ने गरी काम अगाडि बढाईएको जनाइएको छ । यस वर्षको अन्तिमसम्म संग्रहालय पूर्ण रूपले हुने निर्माण पक्षले जनाएको छ । संघीय सांसद विमला वि.क, प्रदेश सांसद कुलप्रसाद पोख्रेलको प्रमुख अतिथ्यता र ठाकुरबाबा नगरपालिका उपप्रमुख कृष्णा कुश्मा थारुको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा सभापतित्व वडा अध्यक्ष भवानी भुसालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्:


Loading...