वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

स्थानिय थारु संस्कृति बचाउन बर्दियाका युवाहरुले गरे साँस्कृतिक साँझ

        श्रेष्ठ समनश्री सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, अशोज ३०, २०७५ ।    

बगनाहा, बर्दिया ।

“थारु गीत ओ संस्कृति बचाइक लाग युवा वर्ग एक हुई” भन्ने नारासहित बर्दियाको ठाकुरबाबा नगरपालिका-५ शाहीपुरमा पुर्खानीया,आधुनिक,एकल,यूगल नाँच तथा गीत प्रतियोगिता सोमबार राती भब्यताका साथ सम्पन्न भएको छ ।

पछिल्लो समय युवाहरु डिजे र हिन्दी गीतसंगित प्रति आकर्षित हुँदै गएको अवस्थामा स्थानिय थारु कला संस्कृतिको संरक्षण र प्रवर्धन गर्न हिन्दू नेपालीहरुको बडा दशै तथा दिपावलीको पावन अवसरमा  साँस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक शान्तिभुमी युवा क्लबका अध्यक्ष परियोजन थारुले बर्दिया अनलाईनलाई बताए ।

शाहीपुरको खुल्ला मन्चमा साँझ ९:३० बजेबाट औपचारिक रुपमा शुरु भएको सो कार्यक्रम बिहान उज्यालो हुँदासम्म चलेको थियो ।

दर्शकको बाक्लो उपस्थितिमा सम्पन्न भएको साँस्कृतिक प्रतियोगितामा जिल्लाका झण्डै दुई दर्जन थारु साँस्कृतिक समुहले भाग लिएका थिए । प्रतियोगिताको पुर्खनिया विधामा महुवाको टोली प्रथम भएको थियो भने बादरभरिया टोली दोस्रो र अम्मरपुरको टोली तृतिय भएको थियो । आधुनिक नाँचमा धुङग्रहि टोलीले प्रथम स्थान हात पार्‍यो ।  त्यस्तै बेलवा टोली दोस्रो र गोबिन्दपुरको टोली तृतिय भए । गित विधा अन्तर्गत  अम्मरपुरको टोली उत्कृष्ट भएको अध्यक्ष थारुले जनाएका छन्   

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका उपमेयर आस्था कुश्मा, स्थानिय थारु अगुवा, बडघर, वडाध्यक्षहरु लगायतको उपस्थिति थियो ।  रातभर चलेको सो साँस्कृतिक प्रतियोगिता कार्यक्रम आयोजक शन्तिभुमी युवा क्लबका अध्यक्ष परियोजन थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: