वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

बर्दिया सहित देशैभरी ६१ औँ राष्ट्रिय सहकारी दिवस मनाईयो

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, चैत्र २०, २०७४ ।    

दिवसका अवसरमा उत्कृष्ठ सहकारीकर्मीको रुपमा हिमालय सहकारी संस्था लिमिटेड, मानपुरका अध्यक्ष एवम् ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठलाई सम्मान गरीएको छ ।

सौगात श्रेष्ठ/भुरिगाउँ (बर्दिया) ।
६१ औं राष्ट्रिय सहकारी दिवस मंगलबार ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने नाराका साथ देशै भरी मनाईएको छ । विक्रम संवत् २०१३ साल चैत्र २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

जिल्ला सहकारी संघको आयोजनामा सदरमुकाम गुलरियामा विविध कार्यक्रम गरी राष्ट्रिय सहकारी दिवस मनाईएको छ । आयोजित कार्यक्रममा प्रमुख अतिथी रहेकी प्रदेश नम्बर ५ की कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रि आरती पौडेलले तिन खम्बे अर्थ नीति संगै स्वरोजगारीको सिर्जना गर्दै कानुन बनाएर विकास गर्ने र सहकारी मार्फत स्वदेशमै जिविकोपार्जन संगै रोजगारीको व्यवस्था गर्ने र कृषिमा आधुनिकीकरण भित्र्याउने बताईन ।

राष्ट्रिय सहकारी दिवसकै अवसर पारी साना किसान कृषि सहकारी संघ बर्दियाका सचिव एवं ताराताल साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक तथा सहकारी अभियान्ता डम्बर केशी कदर पत्र सहित सम्मानित भएका छन् ।  दिवसका अवसरमा बर्दिया जिल्लामा क्रियासील सहकारीहरु मध्यबाट मधुवनको ताराताल कृषि सहकारी संस्था, ठाकुरबाबाको विश्वासिलो साकोस, बढैयाताल कालीकाको भगवती दुग्ध सहकारी र गुलरियाको सुनौलो बहुउदेश्यि सहकारी संस्थालाई उत्कृष्ठ सहकारीको रुपमा सम्मान गरीएको छ ।

यस्तै उत्कृष्ठ अध्यक्षमा चम्पा कला चौधरी र नवराज सुवेदी, उत्कृष्ठ कर्मचारीमा कुसुम्मादेवि साकोस मधुवनकी कालिकादेवि नेपाली र साना किसान सहकारी मधुवनका दयाराम तिवारी, सहकारीकर्मीमा हिमालय सहकारी संस्था लिमिटेड, मानपुरका अध्यक्ष एवम् ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठलाई सम्मान गरीएको छ ।

दिवसकै अवसरमा ठाकुरबाबा नगरपालिका सहकारी समन्वय समितिको आयोजनामा भुरिगाउँमा बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकामा केन्द्रिय कार्यालय रहने गरी दर्ता भएका सहकारीहरुको संलग्नतामा कार्यक्रम सम्पन्न भएको हो । आयोजित कार्यक्रमले नगरपालिकाको कार्यालय देखी भुरिगाउँ बजार क्षेत्र परिक्रमा गरि अन्र्तक्रियात्मक कार्यक्रमको आयोजना गरि सहकारी दिवस मनाईएको हो ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको प्रमुख आतिथ्यता, नगर उपप्रमुख कृष्णा कुश्मा थारुको आतिथ्यता तथा सहकारी समन्वय समितिका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नगरप्रमुख श्रेष्ठले ठाकुरबाबा नगरपालिकालाई सहकारीको क्षेत्रमा नमूना नगरपालिकाको रुपमा विस्तार गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउँदै, सबै सहकारीकर्मीहरुले सहकारीको सिद्धान्त अनुसार कार्य गर्दै अघि बढ्नु पर्ने बताए ।

ठाकुरबाबा नगरपालिकामा केन्द्रिय कार्यालय रहने गरी रहेको ४७ वटा सहकारीहरुले काम गरि रहेका छन् भने देश भरी विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता भएका छन् । रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय मानिन्छ । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नसक्दा दर्ता भएकामध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय छन् ।

सहकारीको सिद्धान्त अनुसार चल्न नसक्दा दर्ता भएका सबै संस्था सञ्चालन नभएका हुन् । यस्तै सहकारी क्षेत्रमा समस्या दिगो रुपमा समाधान गर्न भनदै सरकारले सहकारी ऐन ल्याउन लागेको छ । ऐन अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: