वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

बबईको बहाब बढ्यो: आसपासका बासिन्दाहरुलाई सचेत रहन प्रशासनको आग्रह

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, असार १८, २०७५ ।    

बगनाहा,बर्दिया ।
आईतबार साँझदेखी परेको पानीका कारण बर्दियाका बिभिन्न ठाउँमा घरहरु डुबानमा परेका छन् भने नदी खोलाहरुमा पानीको बहाव बढेको छ । आज एक सुचना निकाल्दै जिल्ला प्रशासन कार्यलयले स्थानियहरुलाई सचेत रहन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाको सुचना निकाल्दै हिजो देखि परेको अविरल बर्षाले बबई नदिको बहाब अहिले २.३० बजे सतर्कता तह (५.८० मीटर) पार गरेको हुँदा बबई नदिको तल्लो तटीय क्षेत्र आसपासका समुदायलाई उच्च सतर्कता अपनाउदै सुरक्षित स्थानमा जान तयारी अवस्था रहन अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: