वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

सामुदायिक विद्यालयको अध्ययन-अध्यापन प्रति अभिभावकको चासो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, मंसिर १८, २०७५ ।    

राजापुर,बर्दिया।
बर्दियाको राजापुरका सामुदायिक विद्यालयको अध्ययन-अध्यापन प्रति अभिभावकको चासो बढ्न थालेको छ । आफ्ना विद्यार्थीहरुको सिकाई उपलब्धी, शिक्षक विद्यार्थीहरुको नियमितता, विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलाप लगायतका विषयमा जानकारी लिनु पर्ने राजापुर नगरपालिका ३ टेडियाका अभिभावक तथा वडा नं. ३ का सदस्य लौटन थारुले बताए । विद्यार्थीलाई विद्यालय भित्र र घरमा चाहिने शैक्षिक सामग्रीहरुका साथै अन्य सन्दर्भ सामग्रीहरु व्यवस्थापन समिति, विद्यालय प्रशासन र अभिभावकको पहलमा अनिवार्य व्यवस्थापन गर्नु पर्ने उनको भनाई छ । राजापुर नगरपालिकाका विद्यालय निरीक्षक दल बहादुर थारुले विद्यार्थीलाई कितावसगैँ नमुना विद्यालयको भ्रमण, स्थलगत अवलोकन अनिवार्य भएको बताए । केही सामुदायिक विद्यालयले वार्षिक रुपमा एक पटक शैक्षिक अवलोकन भ्रमणमा लाने गरे पनि प्रभावकारी बन्न नसकेको वताए । विकासको मेरुदण्ड शिक्षा र शैक्षिक गतिविधि भएकाले अवलोकन भ्रमणले विद्यार्थीलाई दीर्घकालिन सिकाई हुने उनको भनाई छ । गेरुवा गाउँपालिका पशुपतिनगर स्रोत केन्द्रका स्रोत व्यक्ति डिलवहादुर जिसीले ज्ञानको स्रोत कक्षाकोठामा पढाई हुने कितावलाई मात्र मान्न नसकिने वताए । दिनदिनै ज्ञानको विष्फोट हुने गरेको र पाठ्यक्रमले पनि शैक्षिक भ्रमणको प्रतिवेदन लेखन लगायतका सिर्जनात्मक प्रश्न आउने भएकाले सके सम्म विद्यालयका सबै कक्षाका विद्यार्थी र सम्भव नभए कक्षा ९ र १० लाई भ्रमणको अवसर दिनु पर्ने वताए । विगतको पढाई र अहिलेको पढाईमा धेरै नै परिवर्तन भएकाले सिकाईलाई पूर्णता दिन पनि अभिभावक, विद्यालय सबैले सकारात्मक भूमिका खेल्नु पर्ने भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: