वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

बढैयाताल गाँउपालिकामा समुदाय-प्रहरी साझेदारी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५ ।    

अनोज थारु, बाँसगढी।
बढैयाताल गाँउपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदाय प्रहरी पालीका समिति गठन गरिएको छ । बढैयाताल गाँउपालिकाका अध्यक्ष लाल बहाुदर श्रेष्ठको संयोजकमा २१ सदसिय गाँउपालिका स्तरीय सामुदाय प्रहरी साझेदारी समिति गठन भएको हो । समितीमा सहसंयोजक उपाध्यक्ष दिपाकुमारी गौतम र इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वली रहनेछन । त्यसैगरी बिभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी सदस्य रहेका छन ।
बढैयाताल गाँउपालिकामा महिला हिंसा, लागुपदार्थ दुब्यवसनी र मदिरा नियन्त्रण देखि लिएर गाँउ समाजमा भए गरेका घरयासी झै झगडा नियन्त्रण, बालबिवाह नियन्त्रण लगायतका उदेश्यका साथ गाँउपालीकाका प्रत्येक वडा स्तर देखिनै टोल सामुदाय प्रहरी साझेदारी समिति गठन, बिद्यालयमा प्रतिरक्षा समिति गठन र गाँउपालीकामा पनि पालीका स्तरिय सामुदाय प्रहरी समिति गठन गरिएको समिति संयोजक तथा गाँउपालीकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए । बढैयाताल गाँउपालिकाका बिभिन्न वडामा बिविध खालका कार्यक्रम सञ्चालन गरिरहेको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण वलीले बताए । महिला हिंसा, लागुपदार्थ दुब्यवसनी र मदिरा नियन्त्रण देखि लिएर गाँउ समाजमा भए गरेका घरयासी झै झगडा, बालबिवाह नियन्त्रणमा सबै संघ संस्था,जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय मैनापोखर,पत्रकार लगायत सबैमिली काम गर्दा गाँउ सामुदायिमा धेरै सुधार भैरहेको सहभागिले बताएका थिए । कार्यक्रममा महिला साखाका प्रमुख दुर्गा हमालको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष लाल बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगी, सबै वडाका वडा अध्यक्ष, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण वली, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...