वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

बढैयाताल वडा नं ४ मा १ दिने नागरिकता घुम्ति शिविरमा १२१ जना लाभान्वित

        अनोज थारु   |   प्रकाशित मिति: शुक्रबार, चैत्र १, २०७५ ।    

बढैयाताल/बर्दिया।
बढैयाताल गाँउपालिका वडा नं ४ मा आज १ दिने नागरीकता घुम्ति शिविर संचालन भएको छ । जिल्ला प्रशासन कार्यालय गुलरीया बर्दियाका नागरिकता फाँटका अधिकृत अर्जुन प्रसाद सुबेदीको नेतृत्वमा आज बढैयाताल गाँउपालिकाको ४ नं वडा कार्यालयमा नागरीता घुम्ति शिविर संन्चालन भएको हो । शिविरमा ४१ जना पुरुष र ८० जना महिला गरी १२१ जनालाई नागरीता बितरण गरीएको ४ नं का वडा अध्यक्ष कर्ण बहादुर थापाले बताए । साथै शिविरमा १ जना ७७ बर्षका बृद्धा असक्क्त महिला र २ जना आपाङ्गहरुलाई समेत नागरिक्ता बितरण गरीएको अध्यक्ष थापाले बताए।

प्रतिक्रिया दिनुहोस्:


Loading...