वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

वन मन्त्रीबाट चुरे माध्यमिक विद्यालयको निरिक्षण

        यज्ञ नेपाल   |   प्रकाशित मिति: आइतवार, बैशाख २३, २०७५ ।    

यज्ञ नेपाल/बगनाहा (बर्दिया) ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले देशमा ब्याप्त बेरोजगारी समस्या समाधान गर्न प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन् । ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरमा होमस्टेको उद्घाटनका लागि बर्दिया आएका मन्त्री बस्नेतले ठाकुरबाबा–३, जुडपानीमा रहेको चुरे माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

कार्यक्रममा चुरे माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद खनाल र प्रधानाध्यापक राजेशकुमार यादवले विद्यालयको जग्गा दर्ता, छात्रावास निर्माण तथा पर्खाल निर्माणका लागि सहयोग गरिदिनका लागि मन्त्री बस्नेतलाई ज्ञापन पत्र प्रस्तुत गरेका थिए । त्यसैगरि चुरे क्याम्पस संचालक समितिका अध्यक्ष भैरववहादुर बिष्टले ग्रामिण क्षेत्रमा रहेको क्याम्पसको विकासमा सहयोग गर्न आग्रह समेत गरे ।

मन्त्री वस्नेतले ग्रामीण क्षेत्रमा रहेको चुरे माध्यमिक विद्यालयले शिक्षाको विकासमा गरेको प्रयास र प्रगतिको प्रशंसा गर्दै विद्यालयको जग्गा दर्ता एवम् छात्रावास र पर्खाल निर्माणका लागि सहयोग गर्ने प्रतिवद्दता गरेका छन् । विद्यालयमा मन्त्री वस्नेतले प्रयोगात्मक कार्य अन्तरगत लगाईएका तरकारीवालीको अवलोकन गर्नुका साथै जाजरकोट, अछाम, सुर्खेत, बाँके लगायत विभिन्न जिल्लावाट आएका विद्यार्थीहरूसंग पढाई तथा वसाई व्यवस्थाका वारेमा छलफल समेत गरेका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य तिलकराम शर्मा, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, मधुवन नगरपालिकाका नगरप्रमुख गणेश के.सी., ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्णा कुश्मा, चूरे क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्याल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: