वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

चुरे क्याम्पसको साधारण सभा सम्पन्न ; संचालक समिती सर्वसम्मत चयन

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ ।    

नगरप्रमुख घननारायण श्रेष्ठले चुरे क्याम्पसको शैक्षिक प्रगतीको कामना गर्दै ठाकुरबाबा नगरपालिकाका क्याम्पसहरु उदाहरणिय बनाउन नगरपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन ।

सौगात श्रेष्ठ/बर्दिया ।
ठाकुरबाबा नगरपालिका–३, जुडपानीमा रहेको बर्दिया जिल्लाकै अग्रणी शैक्षिक संस्था चुरे क्याम्पस – बगनाहाकोे चुनावी साधारण सभा शनिवार सम्पन्न भएको छ  ।

शनिबार भएको साधारण सभाबाट संचालक समितीका लागि ९ जना सदस्य सर्वसम्वत रुपमा चयन भएका छन् । सर्वसम्वत रुपमा चयन हुने सदस्यहरुमा भैरव बहादुर बिष्ट, देबिप्रसाद देवकोटा, जनार्दन योगी, मधु खनाल, कालुराम थारु, विष्णुप्रसाद न्यौपाने, अबिलाल गड्तोला, रामरानी थारु र लक्ष्मी थारु रहेका छन ।

समितीमा चयन भएका ३ जना महिला सदस्य सहित ९ जना सदस्यहरु मध्य अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गरी त्रिभुवन विश्वद्यालयमा पठाईने र उताबाट निर्णय भएर एक जनाको नाम आएपछी अध्यक्ष घोषण हुने निर्वाचन समितीका संयोजक निलकण्ठ कडेलले बताए । अध्यक्ष चयन भईकेपछी नियमअनुसार वडाध्यक्ष सहित ६ सदस्य रहने र अन्य चन्दादाता, शिक्षापे्रमी मध्येबाट दुई जना सदस्य मनोनित गरेपछी १७ सदस्यीय समिती निर्माण हुने बताईएको छ ।

२०६३ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई संचालनमा आएको बर्दिया जिल्लाको दोस्रो क्याम्पस चुरे क्याम्पस – बगनाहामा हाल स्नातक तहमा शिक्षा, मानविकी तथा स्नातकोत्तर तहमा एम.बि.एस. अध्यापन भईरहेको र एम. एड.को सम्बन्धनका लागि सम्भाव्यता अध्ययन तथा अनुगमन कार्य सम्पन्न भई सम्बन्धनको प्रकृयामा रहेको पुर्व सहायक क्याम्पस प्रमुख यज्ञ नेपालले बताए ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि रहेका ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले चुरे क्याम्पसको शैक्षिक प्रगतीको कामना गर्दै ठाकुरबाबा नगरपालिकाका क्याम्पसहरु उदाहरणिय बनाउन नगरपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन ।

सम्पन्न भएको साधारण सभाले क्याम्पसको लेखा परीक्षण प्रतिवेदन र वार्षिक प्रगतीप्रतिवेदन समेत पारीत गरेको छ । साधारण सभा क्याम्पस संचालक समितीका अध्यक्ष डबलसिँह सावदको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्: