वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

बर्दियामा चोरीको घटना बढ्दै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस १६, २०७५ ।    

भुरिगाउँ, बर्दिया।
बर्दियाको ठाकुरद्वारामा आइतबार राति तीन ठाउँमा चोरी भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–९ को वडा कार्यालय, ठाकुरद्वारा बजारमा रहेको उत्तम सुनचाँदी पसल र चौधरी तरकारी पसलमा चोरी भएको वडाध्यक्ष राधा चौधरीले जानकारी दिएकी छन ।
ठाकुरद्वारा बजारमै रहेको ठाकुरबाबा नगरपालिकाको ९ नम्बर वडा कार्यलयमा तोडफोड तथा चोरी भएको हो । वडा कार्यालयबाट २२ हजार रकम चोरी भएको र वडा कार्यालयका अधिकांश टेबल र दराज फुटाइएको वडाध्यक्ष राधा चौधरीले भनिन- ‘वडा कार्यालयका लकरहरु चोरले फोडेको छ, दाखिला गर्ने भनेर लकरमा राखिएको २२ हजार नगद चोरिएको र कागजपत्र जथाभावी फलिएको छ’। त्यस्तै, आइतबार राति नै ठाकुरद्वारा बजार नजिक रहेको उत्तम सुनचाँदी पसलको ताला फुटाइ सुनचाँदीसहित नगद रकम चोरी भएको छ । उत्तम सुनचाँदी पसलबाट साढे २ तोला सुन, ३ किलो चाँदीसहित झण्डै ३ लाख बढीको चोरी भएको र चौधरी तरकारी पसलको दुई वटा साइकल चोरी भएको प्रहरीले जनाएको छ । आइतबार बिहान २ बजेतिर वडा कार्यालय, सुनचाँदी पसल र तरकारी पसलमा चोरी भएको हो । तीन ठाउँमा भएको चोरीका विषयमा खोज अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले बताए।
केही समय अघी बर्दियाको बढैयातालमा पनि यस्तै खालको चोरिको घटना भएको थियो ।  बढैयाताल गाउँपालिका अन्तर्गत रहेको कृषि शाखाको ताला फोडी डेक्सटप कम्प्युटरको मनिटर र ल्यापटप चोरी भएको थियो। त्यस्तै त्यसैदिन कृषि शाखा नजिकै रहेको मैनापोखर शारदा बहुमुखि क्याम्पस मैनापोखरको अफिसबाट पनि दुई ओटा डेक्सटप कम्प्युटर मनिटर चोरी भएको थियो । त्यस्तै बढैयाताल- ८ शितला बजारमा राती लोकनाथ कंडेलको घरबाट २ लाख नगद र १० तोला ६ आना सुन, १ ल्यापटप र ट्यावलेट मोवाईल चोरी भएको थियो । चोरीमा संलग्नहरुको खोजी भईरहेको इलाका प्रहरी कायालय मैनापोखरका प्रमुख तथा प्रहरी निरिक्षक लक्ष्मण वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...