वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

बारबर्दियामा दुग्ध चिस्यान केन्द्र स्थापना

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, अशोज १५, २०७५ ।    

बारबर्दिया (बर्दिया) ।
बारबर्दिया नगरपालिका–६, जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । करीब १० लाख ५० हजार बराबरको लागतमा निर्माण गरिएको दुई हजार लिटर क्षमता भएको चिस्यान केन्द्रको एक कार्यक्रम बीच नगर प्रमुख दुर्गा बहादुर थारूले ट्याङ्कीमा दूध हालेर उद्घाटन गरेका छन् ।
कृषकलाई व्यावसायिक पशुपालन क्षेत्रमा प्रोत्साहन गर्नको लागि बारबर्दिया नगरपालिकाको कार्यालय, थारू महिला उत्थान केन्द्र बर्दिया र शुभलाभ पशु विकास सहकारी संस्था लिमिटेडको त्रिपक्षीय सम्झौतामा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्रमा सन् २०१९ सम्ममा दुध जम्मा गर्ने कृषकको संख्या ३५० जना पुर्याउने लक्ष्य लिइएको छ ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख थारूले बारबर्दियामा पहिलो पटक सञ्चालनमा ल्याइएको चिस्यान केन्द्रलाई बर्दियाको नमूना बनाउनु पर्ने बताउँदै बारबर्दिया नगरपालिकाको विकासको आधारको सम्भावना कृषि र पशु क्षेत्र रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: