वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

बढैयातालमा गाउँपालिका स्तरिय बालसंरक्षण समिति गठन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, जेष्ठ १४, २०७५ ।    

सोम गुरुङ्ग, बढैयाताल (बर्दिया)।
बढैयाताल गाँउपालिकामा गाउँपालिका स्तरिय बालसंरक्षण समिति गठन गरिएको छ । बढैयाताल गाँउपालिकाको आयोजनामा स्थानिय तहमा बालसंरक्षण बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न सो संरक्षण समिति गठन भएको हो । बढैयाताल गाँउपालिका कार्यालयका उपाध्यक्ष दिपाकुमारी गौतमको संयोजकत्वमा १४ सदस्यीय गाउँपालिका स्तरिय बालसंरक्षण समिति गठन भएको हो ।
सो गाँउपालिका अन्तरगतको शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकाल,स्वास्थ्य शाखा प्रमूख विष्णु पौडेल ,महिला तथा बालबालिका शाखा कल्पना गाह ,इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक दल बहादुर थापा, गैरसरकारी संस्थाका प्रतिनिधिहरु,योजना शाखाका प्रतिनिधि, बालक्लवका सदस्य ,नागरिक समाज, शिक्षक र बालबालिकाको समेतको सहभागिता रहेको सो कार्यक्रमको सहजीकरण आवाज संस्थाका कार्यक्रम अधिकृत गंगा श्रेष्ठले गरेकी हुन ।
हाल बढैयाताल गाँउपालिकाको २,३ र ६ नं. वडामा एकपात लक्जम्र्वकोे आर्थिक सहयोगमा छिटो विवाह तथा जर्वजस्ती विवाह निर्मुुलन परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो कार्यक्रमको सन्चालन आवाज संस्थाका सामाजिक परिचालक कृष्ण अधिकारी गरेका आवाज संस्थाका सामाजिक परिचालक सुन्दर चौधरी बताए ।

प्रतिक्रिया दिनुहोस्: