वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

बढैयातालमा बालमैत्री विद्यालय बनाउन ३ दिने सकारात्मक तालीम शुरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर ९, २०७५ ।    

सोम गुरुङ, बढैयाताल।
बढैयाताल गाउपालिका स्तरीय बाल संरक्षण समितीको आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजीक सचेतनसरोकार मंच (स्याक)को सहयोगमा बढैयाताल गाउँपालिका शिक्षा शाखाको सहकार्यमा आजवाट तिन दिने सकारात्मक अनुशासन तालीम गाउँपालिकामा शुरु भएको छ । बढैयाताल गाउँपालिकाका माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समीतीका अध्यक्षहरु गरी १८ जनाको उपस्थीति रहेको छ । विवरण राख्ने भन्ने बारे बृहत छलफल भएको छ ।
तिन दिने सकारात्मक तालीम संचालन गर्नुको उद्धे्श्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिए । सो तालीमको उत्घाटन सत्रमा बढैयाताल गाँउपालिका वडा न.६ का अध्यक्ष तथा पालिका स्तरीय बाल संरक्षण समितिका सदस्य रामहर्ष थारूले स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले स्याक नेपाल बाके लगाएत सबै निकायसंग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य अघि सार्नी प्रतिबद्धता समेत गरे । उक्त तालीमको सहजीकरण बढैयातालगाउँपालिकाकोशिक्षा स्रोत व्यक्ती श्री विमला गुरुङ्गले गरेकी थिईन । सहजीकरणको क्रममा पहिलो दिन असल व्यवहार प्रोत्साहन, इरिक्सनको बाल ब्यवहार सम्वन्धि मनोसामाजीक विकासको सिद्वान्त , गार्डनरको बहुबुद्धिको सिद्वान्त, बालबालीकाका आयश्यकता, बालअधिकार तथा बालमैत्री वातावरण सम्वन्धमा, स्वास्थ वालविकासका बाधकहरू स् शारीरिक तथा मनोवैज्ञानिक सजाय जस्ता विषयमा सहजीकरण भएको थियो ।
हाल बढैयाताल गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका सहजकर्ता जनक चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्: