वि.सं.   बिहिबार, मंसिर २७, २०७५   तदनुसार  13 December 2018

राजापुर क्षेत्रमा छाडा पशुको विगविगी ; नगरपालिका मौन बसेको स्थानियको गुनासो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, असार २४, २०७५ ।    

रन्जना परियार/राजापुर (बर्दिया) ।
राजापुर नगरपालिकामा छाडा गाई गोरुको विगविगी पुनः बढेको छ । छाडा रुपमा छोडिएका गाईगोरुले राजापुर क्षेत्र वरपर लगाईएको वालीनाली खाएर कृषकलाई दुःख दिने तथा सवारी आवागमनमा समेत प्रभाव पार्न थालेको छ ।

रहर गरेर चैते धान, मकै खेती वर्षे धान रोपे पनि छाडा गाई गोरुले सखाप पार्ने गरेको स्थानिय कृषकहरुको गुनासो छ । राजापुरमा रहेको अमर शहीद बहुमुखी क्याम्पस छाडा गाई गोरुको आश्रयस्थल भएको क्याम्पसका क्याम्पस प्रमुख अनिलदत्त चौधरीले बर्दिया अनलाईन संगको कुराकानीमा बताए । क्याम्पस परिसरमा रोपिएका फुल तथा बोटबिरुवा खाएर नष्ट गर्ने गरेको क्याम्पस प्रमुख चौधरीले बताए ।

उता नगरपालिका प्रशासनले भने छाडा रुपमा छोडिएका पशुहरुको ब्यवस्थापनका लागी गौशाला निर्माण गरिएको बताउँदै आएको छ । स्थानियहरुले भने छाडा गाईगोरु देखे पनि नगरपालिकाले कुनै चासो नदेखाएको गुनासो गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: