वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइके पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन २१, २०७५ ।    

प्रेम बुढा/बर्दिया ।
नेपाली महिलाहरुलाई विदेश लगेर बेचबिखन गर्दै आएको आरोपमा दलाल मध्येका मुख्य नाइके सन्जित महतोलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा पत्रकारको समन्वयमा महतोलाई सिरहा जिल्लाबाट पक्राउ गरिएको हो ।

सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १० पिपरागाउँ सिताटोल घर भएको महतोलाई दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहकार्यमा सिरहा प्रहरीले पक्राउ गरेको हो । लामो समय देखि नेपालका विभिन्न क्षेत्रका महिलालाई भारत, कुवेत लगाएत क्षेत्रमा बेचविखन गर्दै आएका महतो केहि महिनादेखी सिरहा जिल्लामा लुकी छिपी बस्दै आएका थिए ।

गत साउन महिनामा महतोले कुवेत लैजाने भन्दै भारतको बनारसमा बन्धक बनाएर राखेका १ सय ५० मध्ये बर्दियाका दुई महिलाको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बताउनु भयो । बन्धक बनाईएका महिलाहरुका विषयमा गत साउनमा मिडियामा समाचार आएपछि त्यहाँ रहेका सेटिङ मिलाउने दलालहरुले बर्दियाका २ महिलालाई करिब एक हप्तापछि छोडिदिएका थिए ।

पक्राउ परेका महतोलाई म्याद थप गरि अनुसन्धान गर्ने तयारी भईरहेको बर्दिया प्रहरी प्रमुख सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिनुभयो । स्रोतका अनुसार नेपाली महिलालाई विभिन्न प्रलोभनमा पारि बेच्ने गरेका सञ्जितले कतिपय महिलालाई शारिरीक शोषण गरि अलपत्र समेत बनाएका छन् । स्रोतले भन्यो ‘कतिपय महिलालाई गर्भवती बनाएर छोडेको छ तर सामाजिक डरका कारण प्रहरीमा उजुरी परेका छैनन् ।’

बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले के कति महिलालाई सीमापारी पु¥याएको छ भन्ने बारे खुल्न बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो बेचविखन गर्ने गिरोहको मुख्य नाइके हो, कारबाही प्रक्रिया अघि बढाइएको छ ।’ सिरहा प्रहरीले भने अभियूक्त सन्जित महतोको विषयमा खुलाउन चाहेन ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...