वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

राजापुर नगरपालिका बन्यो च्याम्पियन !

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, जेष्ठ २०, २०७५ ।    

गुलरिया, बर्दिया ।
जिल्लाका स्थानिय तहका जनप्रतिनिधीहरु बिचको मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गुलरियामा भएको प्रथम जि.स.स प्रमुख कप अन्तर स्थानिय तह फुटबल प्रतियोगिता-२०७५ को उपाधी राजापुर नगरपालिकाले जितेको छ । उसले बढैयाताल गाउँपालिकालाई २ गोल गर्दै जित हासिल गरेको हो ।


सामुहिक एकता, सहकार्य र समृद्धिको लागि खेलकुद भन्ने नाराका साथ सन्चालित स्थानीय तह फुटबल प्रतियोगिता खेलकुदलाई प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
बर्दिया जिल्ला क्लव महासंघको सहयोग तथा जिल्ला समन्वय समिति बर्दियाको आयोजनामा पहिलो पटक अन्तर स्थानिय तह फुटवल प्रतियोगिता सन्चालन भएको हो । जेष्ठ १४ देखि २० गतेसम्म चलेको फुटबल प्रतियोगितामा जिल्लाका ८ वटै स्थानीय तहका जनप्रतिनिधिहरु सहभागि भएका थिए ।

यसैबिच गेरुवा गाउँपालिकाको खेलकुद विकास समितिले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरि विहिबार गेरुवा गाउँपालिका र वढैयाताल गाउँपालिका विच भएको प्रतिस्पर्धामा निर्वाचित जनप्रतिनिधि मात्र खेल्न पाउने खेलमा बढैयाताल गाउँपालिकाले गैर जनप्रतिनिधिहरूलाई खेलमा समावेश गरी खेलाएको भन्दै आपत्ती जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्: