वि.सं.   आइतवार, बैशाख ८, २०७६   तदनुसार  21 April 2019

प्रदेश समाचार

आठौँ राष्ट्रिय प्रतियोगिताः हकीमा नेपाल पुलिस र आर्मी फाइनलमा प्रवेश

नेपालगञ्ज (बाँके) । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्जमा जारी हकी प्रतियोगितामा नेपाल पुलिस क्वल र त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेका छन् । नेपालगन्जस्थित मंगल प्रसाद (एम.पी.) माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ५–४ गोलले पराजित गरि पुलिस र प्रदेश ५ लाई ट्राईबेकरमा पराजित गरि आर्मी फाइनलमा प्रवेश गरेका हुन् । [पूरा पढ्नुहोस्]

आठौं राष्ट्रिय खेलकुद :: आजको पुरा अपडेट

संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण बैशाख २, बर्दिया । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् । बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री [पूरा पढ्नुहोस्]

आठौँ राष्ट्रिय प्रतियोगिताः हक्कीमा गण्डकी र प्रदेश नं. २ बराबरी, पुलिसद्वारा ३ नं. प्रदेश ३–० ले पराजित

विश्वराज पछल्डङ्ग्या/बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रवार भएको पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेश र प्रदेश नं. २ ले बराबरी अंक बाँडेका छन् । प्रतियोेगितामा गण्डकी प्रदेशका खेलाडी राजन नेपालीले खेलको ३९ औँ मिनेटमा पहिलो गोल गरे । उत्रीय पनि खेलको अन्यतिर प्रदेश नं. २ का अर्जुन खड्काले ५१ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकियो । त्यसैगरि [पूरा पढ्नुहोस्]

ठूलो परिमाणको लागुऔषध सहित नेपाली नागरिक भारतमा पक्राउ

नेपालगञ्ज (बाँके) । भारतको सीमावर्ती क्षेत्र रुपइडिहामा ठूलो परिमाणको लागुऔषधसहित एक नेपाली नागरिक पक्राउ परेका छन् । रुपइडिहा स्थित भारतीय पुलिस र सशस्त्र सीमा बल (एसएसबीं) को संयुक्त टोलीले आइतवार बिहान बाँकेको खजुरा गाउँपालिका–२ का रामबहादुर परियारलाई ५० लाख रुपैयाँ बराबरको स्म्याकसहित पक्राउ गरेको हो । रुपइडिहास्थित रोडवेज बस पार्कमा जाँच गर्ने क्रममा परियारले [पूरा पढ्नुहोस्]

साइक्लिङ प्रतियोगिताका लागि छनोट प्रतियोगिता आज नेपालगन्जमा

नेपालगञ्ज (बाँके) । प्रदेश नं. ५ स्तरिय साइक्लिङ प्रतियोगिता आज मंगलवार नेपालगन्जमा हुने भएको छ । यसअघि नै ६ जना पुरुष र २ जना महिला खेलाडीहरु छनोट भए पनि चार–चार जना छनोट गर्नुपर्ने भएपछि मंगलवार पुनः छनोट प्रतियोगिता हुन लागेको हो । प्रदेश नं. ५ का लागि छनोट भएका ६ जना पुरुषहरुबाट चार जना र दुई जना महिला खेलाडी पुनः छनोट हुने बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष राजकुमार विसीले [पूरा पढ्नुहोस्]

नेपालगञ्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल संचालन

सोम गुरुङ/नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा आएपछि उपमहानगरपालिकाले प्रवाह गर्ने सेवामा नगरबासीको पहुँचमा सहजता, पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन सफल भएको बताएका छन् । स्थानीय सरकार र नागरिक समाज मिलेर अघि बढेमा राष्ट्र समृद्ध हुने नागरिक समाजले जोड दिएका छन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत [पूरा पढ्नुहोस्]

नेपालगञ्जको प्रादेशिक महोत्सवमा आर.टि.आई. क्लिनिक सन्चालन

सोम गुरुङ/नेपालगञ्ज । बाँकेको नेपालगनञ्जमा सन्चालन भईरहेको प्रादेशिक महोत्सवमा सूचनाको हक, सुशासन र  नेपालको कानुन बारे जानकारी दिईएको छ ।  सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र ईक्वेल एक्सेस ईन्टरनेशनलले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत महोत्सवमा आर.टि.आई. क्लिनिक सन्चालन गरेको छ । पारस्परिक जवाफदेहिता परियोजना नेपालको ३४ जिल्लामा सन्चालन रहेको छ । सूचनाको हक र [पूरा पढ्नुहोस्]

सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड

सोम गुरुङ,नेपालगन्ज। बाँकेको विकट क्षेत्र मानिएको नरैनापुरमा सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । सडक र बत्तीसंगै आवश्यक पुर्बाधारको अभावमा सो क्षेत्रको विकास हुन सकेको छैन भने, अशिक्षा गरिबीले पनि पछाडी परेको क्षेत्रको रुपमा नरैनापुर चिनिन्छ । सो क्षेत्रको समग्र विकासका लागि खेलको माध्यमले सन्देश प्रवाह गरिने [पूरा पढ्नुहोस्]

चार लाख घुससहित अख्तियारकै एक अधिकारी नेपालगन्जबाट रंगेहात पक्राउ

नेपालगन्ज, बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै मातहतमा काम गर्ने एक अधिकारीलाई घुस सहित नेपालगन्जबाट पक्राउ गरेको छ । अदुअआ केन्द्रीय कार्यालयबाट खटिएको अख्तियारकै बिशेष टोलीले अख्तियारको विशेष अनुसन्धान टोली सुर्खेतमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई आइतवार साँझ पक्राउ गरेको हो । जैसीको साथबाट लिदैगर्दाको चार लाख घुस समेत बरामद गरिएको बताईएको छ । [पूरा पढ्नुहोस्]

नेपालगन्जमा फाल्गुन १६ गतेदेखि २६ गतेसम्म ‘प्रादेशिक महोत्सव २०७५’ हुने

नेपालगन्ज, बाँके। नेपालगन्जमा फाल्गुन १६ गतेदेखि २६ गतेसम्म प्रादेशिक महोत्सव २०७५ हुने भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको प्रादेशिक महोत्सव २०७५ लाई भब्य रुपमा सफल बनाउन आईतबार एक कार्यक्रमका बिच सचिवालयको उद्घाटन गरिएको छ । संघका अध्यक्ष नन्दलाल बैश्यले संघकै भवनमा महोत्सवको सचिवालय उद्घाटन गरेका हुन । सचिवालय उद्घाटन गर्दै बैश्यले स्थानीय उत्पादनको [पूरा पढ्नुहोस्]
1 2 3 44