वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

ताजा समाचार

फौजी किरा रोकथाम तथा नियन्त्रणको लागि ज्ञापनपत्र

नेपालगन्ज- बाँके र बर्दिया जिल्लामा फौजी किराको रोकथाम तथा नियन्त्रणको लागि कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख श्री शकील अहमद खाँलाई बाँकेका नागरिक समाजले ज्ञापन पत्र बुझाएका छन् । फौजी किराले किसानहरुलाई आर्थिक क्षती पुगेको र धान बाली नै किसानहरुको मूख्य आय श्रोत भएको हुँदा उनीहरुको उचित सुनुवाइ हुनु पर्ने र यस प्रकारका कृषिजन्य रोगहरुको समयमै उपचार गरी कृषकहरुलाइ [पूरा पढ्नुहोस्]

चाडपर्वलाई लक्षीत गर्दै सुरक्षा सर्तकतामा बृद्धि

विमला ढकाल/भुरिगाउँ (बर्दिया) : दशैंलाई लक्षीत गर्दै सुरक्षा सर्तकतामा प्रहरीले बिशेष निगरानी बढाएको छ । पूर्व पश्चिम राजमार्गमा २४ घण्टा ट्राफिक सहितको चेकिङ भई रहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँका ईनिस्पेक्टर बसन्त पाण्डेले बताए । चाडपर्वका अबसरमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सर्तकता अपनाउनु पर्ने भएकाले सम्पुर्ण स्थानियहरुलाई सहयोग गर्न समेत प्रहरीले आग्रह [पूरा पढ्नुहोस्]

बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गयो

बांसगढी (बर्दिया) : पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको ज्यान गएको छ । बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काटन गएका बेला पाटे बाघको आक्रमणमा परि बाँसगढी नगरपालिका २ राँझाकी ४० वर्षीया गंगा सलामी मगरको बुधबार बेलुका ज्यान गएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए । ‘बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत [पूरा पढ्नुहोस्]

बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारले पाए १० लाख

ठाकुरबाबा- वन्यजन्तु पिडित परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले १० लाख रुपैँया प्रदान गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका वडा नं १ भुरिगाउँका पहरिया थारुका परिवारलाई निकुञ्ज प्रशासनले क्षतीपूर्तीस्वरुप १० लाख रुपैँया प्रदान गरेको हो । मंगलबार एक कार्यक्रमका बिच थारुका परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत अणनाथ [पूरा पढ्नुहोस्]

भेरी माद्यामिक बिद्यालयको शिक्षक छनौटमा आलटाल; सरोकारवाला दोषारोपणमै व्यस्त

धोबिनीपुर- बर्दियाको राजापुर–८ धोबिनीपुरमा रहेको भेरी माध्यामिक बिद्यालयमा शिक्षक छनौटमा ढिलाइ हुँदा बिध्यार्थीको सिकाइ गतिबिधी प्रभावित बनेको छ । शिक्षक छनौटमा ढिलाइ हुँदा बिध्यार्थीको सिकाइ गतिबिधी प्रभावित भएको हो । बिद्यालयले साउन २४ गते माध्यामिक तहको बिज्ञान, नेपाली र आधारभुत तहकालागी अंग्रेजी बिषयमा करार शिक्षक पदपुर्ती सम्वन्धि बिज्ञापन आव्हान गरेको थियो । [पूरा पढ्नुहोस्]

दोस्रो लक्ष्मणपुर जिल्ला स्तरिय फुटबल प्रतियोगिता शुरु

बाँसगढी (बर्दिया)- दोस्रो लक्ष्मणपुर जिल्ला स्तरिय फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । बाँसगढी नगरपालिका ४ र ५ लक्ष्मणपुर गाँउमा वेलटारी युवा क्लव लक्ष्मणपुरले आयोजना गरेको प्रतियोगिताको जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु र बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरेका थिए । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख थारुले पेलान्टी र [पूरा पढ्नुहोस्]

राजापुरमा बजार अनुगमन ; अखाद्य वस्तु नष्ट

राजापुर(बर्दिया)- चाडपर्व नजिकिदै गर्दा राजापुरमा बजार अनुगमन गरिएको छ । दशै तिहारका समयमा म्यादनाघेका तथा अखाद्य पदार्थको बिक्रि–बितरण नियन्त्रण गर्ने उदेश्यले अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यलय गुलरिया बर्दियाको आयोजना तथा इलाका प्रशासन कार्यलय राजापुर र राजापुर नगरपालीकाको सहयोगमा बजार अनुगमन गरिएको थियो । बजार अनुगमनका क्रममा म्याद नाघेका सुर्तिजन्य [पूरा पढ्नुहोस्]

ठाकुरबाबाका बालबालिकाले गरे बृहत शैक्षिक सामाग्री प्रदर्शन (फोटो फिचर)

ठाकुरबाबा (बर्दिया)- ५ औँ संविधान दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकामा बृहत शैक्षिक सामाग्री प्रदर्शन गरिएको छ । ठाकुरबाबा नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाहरुले विद्यालयमा निमार्ण गरिएका विभिन्न प्रकारका शैक्षिक सामाग्री प्रदर्शन गरेका हुन् । नगर क्षेत्रका सामुदायिक र संस्थागत गरि ४१ वटा विद्यालयका विद्यार्थीहरु शैक्षिक [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकाले गर्‍यो शिक्षकहरुको हाजिरीजवाफ ; चुरे माविका शिक्षक भए प्रथम

बर्दिया- संविधान दिवसका अवसरमा ठाकुरबाबा नगरपालिकामा शिक्षक शिक्षकहरु बिच बिहीबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगर क्षेत्रका आधरभुत तहका शिक्षकहरु हाजिरीजवाफ प्रतियोगितामा सहभागी भएका थिए । आधारभुत तहका शिक्षकहरु बिच भएको हाजिरीजवाफ प्रतियोगितामा चुरे माध्यमिक विद्यालय बग्नाहाले प्रथम स्थान हासिल गरेको छ । चुरे माध्यमिक विद्यालयबाट आधरभुत तहका शिक्षक [पूरा पढ्नुहोस्]

सरस्वती सामुदायिक वन उपभोक्ता समूहको सार्वजनिक सुनुवाई सम्पन्न

राजापुर- राजापुरमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहले २०औ साधारण सभा तथा १६औ सार्वजनिक सुनुवाई, जनलेखा परिक्षण सम्पन्न गरेको छ । समुहले लामो समयदेखि वनमा सहयोग गर्ने १० सदस्यलाई सम्मान गरेको छ भने १६१ जनालाई सुपानेट झुल वितरण गरेको छ । कार्यक्रममा सामुदायिक वनको आ व २०७५/०७६ ११ लाख ८३ हजार १ सय ४५ रुपैया ५६ पैसा वरावरको आयव्यय विवरण पेश गरिएको छ भने आ व २०७६/०७७ मा १५ [पूरा पढ्नुहोस्]
1 2 3 4 292