वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

ठाकुरबाबा नगरपालिका

हिमालय सहकारीको १८ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा लहनु थारु सर्वसम्मत

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पल्टा थारुको अध्यक्षता, प्रतिनिधी सभा सदस्य विमला बि.क.को प्रमुख आतिथ्यता तथा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको विशिष्ठ आथित्यमा साधारणसभा सम्पन्न भएकोे हो । संस्थाकी प्रबन्धक सावित्री कुमारी [पूरा पढ्नुहोस्]

शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिदै बर्दियामा प्रविधिमैत्री शिक्षक समाजको गठन

ठाकुरबाबा, बर्दिया: बर्दियाका सामुदायिक विद्यालयमा पढाउने शिक्षकले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिकामा आयोजित कार्यक्रमका सहभागी शिक्षकले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन्। शिक्षालाई प्रविधिसँग जोड्नका लागि बर्दियामा प्रविधिमैत्री शिक्षक समाजको गठन समेत गरिएको छ। बर्दिया समग्र जिल्लाको [पूरा पढ्नुहोस्]

चाडपर्वलाई लक्षीत गर्दै सुरक्षा सर्तकतामा बृद्धि

विमला ढकाल/भुरिगाउँ (बर्दिया) : दशैंलाई लक्षीत गर्दै सुरक्षा सर्तकतामा प्रहरीले बिशेष निगरानी बढाएको छ । पूर्व पश्चिम राजमार्गमा २४ घण्टा ट्राफिक सहितको चेकिङ भई रहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँका ईनिस्पेक्टर बसन्त पाण्डेले बताए । चाडपर्वका अबसरमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सर्तकता अपनाउनु पर्ने भएकाले सम्पुर्ण स्थानियहरुलाई सहयोग गर्न समेत प्रहरीले आग्रह [पूरा पढ्नुहोस्]

बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारले पाए १० लाख

ठाकुरबाबा- वन्यजन्तु पिडित परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले १० लाख रुपैँया प्रदान गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका वडा नं १ भुरिगाउँका पहरिया थारुका परिवारलाई निकुञ्ज प्रशासनले क्षतीपूर्तीस्वरुप १० लाख रुपैँया प्रदान गरेको हो । मंगलबार एक कार्यक्रमका बिच थारुका परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत अणनाथ [पूरा पढ्नुहोस्]

ठाकुरबाबाका बालबालिकाले गरे बृहत शैक्षिक सामाग्री प्रदर्शन (फोटो फिचर)

ठाकुरबाबा (बर्दिया)- ५ औँ संविधान दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकामा बृहत शैक्षिक सामाग्री प्रदर्शन गरिएको छ । ठाकुरबाबा नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाहरुले विद्यालयमा निमार्ण गरिएका विभिन्न प्रकारका शैक्षिक सामाग्री प्रदर्शन गरेका हुन् । नगर क्षेत्रका सामुदायिक र संस्थागत गरि ४१ वटा विद्यालयका विद्यार्थीहरु शैक्षिक [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकाले गर्‍यो शिक्षकहरुको हाजिरीजवाफ ; चुरे माविका शिक्षक भए प्रथम

बर्दिया- संविधान दिवसका अवसरमा ठाकुरबाबा नगरपालिकामा शिक्षक शिक्षकहरु बिच बिहीबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगर क्षेत्रका आधरभुत तहका शिक्षकहरु हाजिरीजवाफ प्रतियोगितामा सहभागी भएका थिए । आधारभुत तहका शिक्षकहरु बिच भएको हाजिरीजवाफ प्रतियोगितामा चुरे माध्यमिक विद्यालय बग्नाहाले प्रथम स्थान हासिल गरेको छ । चुरे माध्यमिक विद्यालयबाट आधरभुत तहका शिक्षक [पूरा पढ्नुहोस्]

१५० वर्षअघि नै चल्थ्यो बर्दियामा रेल

गोविन्दपुर,(बर्दिया)— पूर्व–पश्चिम रेल सञ्चालनका लागि सरकारी कसरत भएको धेरै भएको छैन । सरकारले रेल विभाग गठन गरी विस्तृत परियोजना रिपोर्ट (डीपीआर)सम्म तयार गरेको छ । तर, बर्दियाको मधुवन नगरपालिका, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिका हुँदै हाल बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने दनुवातालसम्म डेढ सय वर्षअघि रेल सञ्चालन भएको तथ्य खुलेको छ । भारतमा राज्य गरिरहेको [पूरा पढ्नुहोस्]

हिमालय सहकारीद्वारा स्थापना दिवसमा ७४ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान

बगनाहा (बर्दिया) । ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले एक कार्यक्रमका बिच संस्थाका ७४ जना शेयर सदस्यका छोराछोरीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ । संस्थाको २१ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ती प्रदान गरेको हो । २०५६ साल भाद्र २४ गते स्थापना भएको संस्थाले आफ्नो २१ औं स्थापना दिवस मनाएको हो । संस्थाको वार्षिक नियमित कार्यक्रम अन्र्तगत [पूरा पढ्नुहोस्]

शिक्षा दिवसमा ठाकुरबाबाका उत्कृष्ट शिक्षक र विद्यालय सम्मानीत (फोटो फिचर)

ठाकुरबाबा (बर्दिया)- ‘हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीमा सवलीकरण’ भन्ने नाराका साथ आइतबार ४० औँ राष्ट्रिय शिक्षा तथा ५३ औँ अन्तराष्ट्रिय साक्षरता दिवस बर्दियामा पनि विविध कार्यक्रम गरि भव्यरुपमा मनाइएको छ । शिक्षा दिवसका अवसरमा ठाकुरबाबा नगरपालिकाअन्र्तगत शिक्षा, युवा तथा खेलकुद शाखाले नगरको एक उत्कृष्ट सामुदायिक विद्यालय तथा नगरका उत्कृष्ट शिक्षकहरुलाई [पूरा पढ्नुहोस्]
1 2 3 4