वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

गुलरिया नगरपालिका

आयुर्वेद सेवालाई स्थानीय स्तरमा लैजाने प्रतिबद्धता

गुलरिया,बर्दिया। बर्दिया जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित बनाउने जिल्लाका स्थानीय तहका प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् । नेपाली परम्परागत औषधी उपचार पद्धतिका रुपमा रहेको आयुर्वेद स्वास्थ्य सेवालाई जिल्लाका ८ वटा तहमा व्यवस्थित र सहज उपचार सेवा विस्तार गरिने प्रतिबद्धता जनाएको हो । शनिबार बर्दियाको गुलरियामा आयोजित [पूरा पढ्नुहोस्]

दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिलाहरुको पाठेघरको क्यान्सर परीक्षण सम्पन्न

गुलरिया,बर्दिया। नेपाल रेडक्रस सोसाईटी गुलरिया (क) उपशाखाको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिलाहरुको पाठेघरको क्यान्सर परीक्षण गरेको छ । शनिबार र आइतबार भएको शिविरबाट करिब पाँच सय सर्वसाधरणले लाभ लिएका छन् । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाका अनुसार शिविरमा हार्डजोर्नी, स्त्री रोग, दाँतको परीक्षण, दम, पेट लगायतका विभिन्न किसिमका रोगको [पूरा पढ्नुहोस्]

बर्दियामा बढ्दै पर्यटक ; ‘बाघ हेर्न पाउदा पर्यटक खुशी’

ठाकुरबाबा,बर्दिया। बर्दिया निकुञ्ज र आसपासका दर्जन बढी पर्यटकीय गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । पाटे बाघ अवलोकनका लागि निकुञ्ज प्रसिद्ध छ । संरक्षित क्षेत्रभन्दा बाहिर थारू संस्कृतिको झल्को देख्न पाइन्छ । प्रकृति र संस्कृतिको मिश्रणले यी गन्तव्यहरू आन्तरिकका साथै बाह्य पर्यटकको रोजाइमा परिरहेका छन् । यहाँ जंगल सफारी, थारू गाउँ, थारू संग्रहालय, होमस्टे सञ्चालनमा [पूरा पढ्नुहोस्]

‘स्थानीय सरकारले पारर्दिर्शता र जवाफदेहितामा जोड दिनु पर्ने’

बर्दिया(गुलरिया) स्थानीय सरकारले पारर्दिर्शता र जवाफदेहितामा जोड दिनु पर्ने र वस्ती स्तरका योजना छनौट प्रक्रियामा नागरिकको सक्रिय सहभागिता गराउनु पर्नेमा बर्दियाका नागरिक समाजले जोड बताएका छन् । सुचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा आयोजित ‘खुला सरकार अवधारणा र नागरिक साझेदारी’ बिषयक अन्तरक्रिया कार्यक्रममा बर्दिया जिल्लामा क्रियाशिल बिभिन्न नागरिक समाज [पूरा पढ्नुहोस्]

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मत्यु

गुलरिया (बर्दिया) । गुलरिया नगरपालिका–३ निमकोठियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । वडा नम्बर १ खैरापुरका प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे. ८ प ७८९ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना भएको थियो । मंगलबार राति ११ बजे दुर्घटनामा यादव घाइते भएका थिए । घाइते यादवको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा १२ बजे मृत्यु भएको [पूरा पढ्नुहोस्]

गुलरिया नगरपालिका : सरकारी खर्चमा स—परिवार घुमघाम !

गुलरिया,बर्दिया। गुलरिया नगरपालिकाको न्यायिक समिति र ६ नम्बर वडाका जनप्रतिनिधि सरकारी खर्चमा परिवारसहित भारतको तीर्थयात्रा गरेर फर्केका छन् । वैशाख ३१ गते कञ्चनपुरको महाकाली नगरपालिकाको अवलोकन भ्रमणमा निस्किएका उनीहरू भारतका विभिन्न धार्मिक क्षेत्र घुमेर गत शुत्रबार फर्किएका छन् । गुलरियाकी उपप्रमुख सुशीला गिरी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेल, वडाध्यक्ष, [पूरा पढ्नुहोस्]

करेन्ट लागेर पूर्व प्रहरीको मृत्यु

गुलरिया (बर्दिया) । करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ । बुधबार करेन्ट लागेर गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर स्याउला काट्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए [पूरा पढ्नुहोस्]