वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

बर्दिया

हिमालय सहकारीको १८ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा लहनु थारु सर्वसम्मत

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पल्टा थारुको अध्यक्षता, प्रतिनिधी सभा सदस्य विमला बि.क.को प्रमुख आतिथ्यता तथा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको विशिष्ठ आथित्यमा साधारणसभा सम्पन्न भएकोे हो । संस्थाकी प्रबन्धक सावित्री कुमारी [पूरा पढ्नुहोस्]

‘बर्दियाको पर्यटकिय स्थलको संसारभर प्रचार हुनुपर्छ’-चिनिया अभिनेत्री सु चिङ

बर्दिया : नेपाल भ्रमण वर्ष २०२० कि सद्भाव दूतका रुपमा नेपाल आएकी चिनियाँ अभिनेत्री सु–चिङ आइतबार बिहान बर्दिया राष्ट्रिय निकुन्ज पुगिन् । बाघका लागि प्रसिद्ध बर्दिया निकुञ्ज पुगेर उनले यसको प्रचारमा आफूले सघाउने पनि बताइन् । सञ्चारकर्मीहरुसँग ठाकुरद्धारामा कुरा गर्दै उनले आपसी पर्यटन प्रवर्द्धनले नेपाल चीन सम्बन्धलाई समेत अझ बलियो बनाउने बताइन्। ‘नेपाल भ्रमण वर्षको [पूरा पढ्नुहोस्]

शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिदै बर्दियामा प्रविधिमैत्री शिक्षक समाजको गठन

ठाकुरबाबा, बर्दिया: बर्दियाका सामुदायिक विद्यालयमा पढाउने शिक्षकले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिकामा आयोजित कार्यक्रमका सहभागी शिक्षकले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन्। शिक्षालाई प्रविधिसँग जोड्नका लागि बर्दियामा प्रविधिमैत्री शिक्षक समाजको गठन समेत गरिएको छ। बर्दिया समग्र जिल्लाको [पूरा पढ्नुहोस्]

भारतले सार्वजनिक गरेको नक्साको विरोधमा राजापुरमा प्रर्दशन

राजापुर बर्दिया- भारतले गरेको सीमाको हस्तक्षेपको विरोधमा बर्दियाको राजापुरमा दवाबमूलक र्‍याली आयोजना गरिएको छ । स्वतःस्फुर्त रुपमा निस्केको स्थानीयहरुको सहभागितात्मक र्‍यालीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद,कालापानी लिपुलेक हाम्रो हो,सिमा मिच्न पाईदैन,नेपाली एकता जिन्दावाद,यस्तो छिमेक चाहिंदैन भन्ने नारा लगाउदै राजापुर बजारको परिक्रमा गरेको [पूरा पढ्नुहोस्]

बर्दिया राम्रो बढैयातालैले (भिडियो सहित)

बर्दिया : ऋषी खड्काको शब्द तथा संगितमा ‘बर्दिया राम्रो बढैयातालैले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा ऋषी खड्का र पारु के.सी.को स्वर रहेको छ । बर्दिया जिल्लाको पर्यटकिय क्षेत्रको प्रवद्र्धनात्मक भिडियो सहित बर्दियाली गायक तथा सर्जक ऋषी खड्काले ‘बर्दिया राम्रो बढैयातालैले’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा अञ्जली अधिकारी र लोमस शर्माले अभिनय गरेका छन् [पूरा पढ्नुहोस्]

चाडपर्वलाई लक्षीत गर्दै सुरक्षा सर्तकतामा बृद्धि

विमला ढकाल/भुरिगाउँ (बर्दिया) : दशैंलाई लक्षीत गर्दै सुरक्षा सर्तकतामा प्रहरीले बिशेष निगरानी बढाएको छ । पूर्व पश्चिम राजमार्गमा २४ घण्टा ट्राफिक सहितको चेकिङ भई रहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँका ईनिस्पेक्टर बसन्त पाण्डेले बताए । चाडपर्वका अबसरमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सर्तकता अपनाउनु पर्ने भएकाले सम्पुर्ण स्थानियहरुलाई सहयोग गर्न समेत प्रहरीले आग्रह [पूरा पढ्नुहोस्]

बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गयो

बांसगढी (बर्दिया) : पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको ज्यान गएको छ । बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काटन गएका बेला पाटे बाघको आक्रमणमा परि बाँसगढी नगरपालिका २ राँझाकी ४० वर्षीया गंगा सलामी मगरको बुधबार बेलुका ज्यान गएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए । ‘बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत [पूरा पढ्नुहोस्]

बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारले पाए १० लाख

ठाकुरबाबा- वन्यजन्तु पिडित परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले १० लाख रुपैँया प्रदान गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका वडा नं १ भुरिगाउँका पहरिया थारुका परिवारलाई निकुञ्ज प्रशासनले क्षतीपूर्तीस्वरुप १० लाख रुपैँया प्रदान गरेको हो । मंगलबार एक कार्यक्रमका बिच थारुका परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत अणनाथ [पूरा पढ्नुहोस्]

भेरी माद्यामिक बिद्यालयको शिक्षक छनौटमा आलटाल; सरोकारवाला दोषारोपणमै व्यस्त

धोबिनीपुर- बर्दियाको राजापुर–८ धोबिनीपुरमा रहेको भेरी माध्यामिक बिद्यालयमा शिक्षक छनौटमा ढिलाइ हुँदा बिध्यार्थीको सिकाइ गतिबिधी प्रभावित बनेको छ । शिक्षक छनौटमा ढिलाइ हुँदा बिध्यार्थीको सिकाइ गतिबिधी प्रभावित भएको हो । बिद्यालयले साउन २४ गते माध्यामिक तहको बिज्ञान, नेपाली र आधारभुत तहकालागी अंग्रेजी बिषयमा करार शिक्षक पदपुर्ती सम्वन्धि बिज्ञापन आव्हान गरेको थियो । [पूरा पढ्नुहोस्]
1 2 3 140