वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

साहित्य

साहित्यकार कमलमणि दीक्षितको निधन

काठमाडौं: मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । पछिल्लो समय स्वास्वप्रश्वास सम्बन्धी रोगबाट पीडित उनको ललितपुरको ग्वार्खोस्थित बीएण्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्व. दीक्षितका खोजमुलक निवन्ध, नियात्रा, साहित्य, संस्मरण लगायत विषयमा ५० बढी कृति [पूरा पढ्नुहोस्]

समनश्रीका तीन मुक्तकहरु

मुक्तक – १ भगवानले  यति  सुन्दर मुहार बनाईदियो । मान्छेले त्यै मुहार बिक्ने बजार बनाईदियो । तिमी मान्छेलाई भगवान ठानिरहेछौ भने अब, सोच भगवानले नै यो कस्तो विचार बनाईदियो ।। मुक्तक – २ मान्छेका हर व्यबहार, गुन कहाँ हुदो रैछ र । भगवानका पनि त चानचुन कहाँ हुदो रैछ र । म यहि सम्झेर चित्त बुझाईरहेछु हिजोआज, आकाशसँग पनि त सधैं, जून कहाँ हुदो रैछ र ।। मुक्तक – ३ “लडौला, नआऊ नजिक” यौटा [पूरा पढ्नुहोस्]

गजल : फुल टिप्नु छ अनि मन्दिरमा चढाउनु छ

गजल – १ फुल टिप्नु छ अनि मन्दिरमा चढाउनु छ । भोली बिहानै मैले भगवानलाई फकाउनु छ । डाक्टरले आमालाई भगवानको भरमा छाडिदियो, पत्थरलाई ढोगेर आमालाई बचाउनु छ । बा स्वर्गे भएपछि ढुङ्गा कुट्न थाले, बा हुदा भन्नुहुन्थ्यो धेरै पढाउनु छ । यो मन चन्चल बनि उडिदिन्छ भावनामा, आज साथमै राखेर मनलाई संझाउनु छ ।। गजल – २ दिएथे श्रद्दान्जली, पायो कि पाएन । खै मलाई त केहि, खबर आएन । तिमी आफुले आफुलाई, [पूरा पढ्नुहोस्]

भट्टिमा पुग्छ मान्छे घर भन्दा पहिला।-अन्जु स्मारिका

-अन्जु स्मारिका जाडो आएछ हेर च्यादर भन्दा पहिला । भट्टिमा पुग्छ मान्छे घर भन्दा पहिला । बुढा बाआमा बिरामी देखेर छोराले पनि, वकिल बोलायो-डाक्टर भन्दा पहिला । तिमी जुन सिहासनमा बसेर गर्जिदैछौ, लाग्छ तिमी आयौ बाँदर भन्दा पहिला । सद्देलाई मूर्ख देख्छ,सत्यलाई नि झुट, ऊ गाउँमा बसेनछ सहर भन्दा पहिला । महाराजको मुख बिशालु र धारिलो छ, र त वचन लाग्छ खन्जर भन्दा पहिला । [पूरा पढ्नुहोस्]

गजल: सरावको बोतल भर्खर सकिएको बेला

1. के गर्ने छ्यौ हेर्ने नजर सकिएको बेला र हेर्दाहेर्दै तिम्रो अधर सकिएको बेला यो मृत्यु पनि एउटा खेल न हो आखिर अब किन डराउनु डर सकिएको बेला भो मलाई जिन्दगीको पाठ नसिकाऊ जिन्दगी नै जिउने रहर सकिएको बेला फेरि आएर तिमिले यो नसा उतारीदियौ सरावको बोतल भर्खर सकिएको बेला   2. एकाबिहानै एउटा अखबार मिलेको थियो त्यसैमा तिम्रो पनि समचार मिलेको थियो त्यो पनि तिमीले बीच बाटो मै छोडेर आयौ हेर! [पूरा पढ्नुहोस्]

गजल:: हिमालको शिर झुक्दैन कहिले पनि

● किसुन अबिरल हिमालको शिर,झुक्दैन कहिले पनि। मान्छेलाई धनले,पुग्दैन कहिले पनि। सयौँ पटक बोल तिमी ,झुटो कुरा, तर सत्य कुरा,लुक्दैन कहिले पनि। आँशु त मेरो,प्रशान्त महासागर भो, सूर्यको तापले,सुक्दैन कहिले पनि। अरूको इर्ष्या नगरी ,आफ्नै काम गरे, दुनियाँले यहाँ,थुक्दैन कहिले पनि। आफ्नै बाटो खुरूखुरू,हिड्नुपर्छ सधैँ, छाडा कुकुर पनि,भुक्दैन कहिले पनि। बानियाभार, बर्दिया हाल: मलेशिया [पूरा पढ्नुहोस्]

साहित्यकार निहारिकालाई बर्दियामा सम्मान

गुलरिया / कार्तिक १२ कविगुरु यज्ञप्रसाद सुबेदीको ६९ औ जन्म जयन्तिको अवसरमा एक कार्यक्रमका बिच साहित्यकार नीलम कार्की निहारिकालाई बर्दियामा ‘कविगुरु यज्ञप्रसाद सुबेदी साहित्यिक सम्मान‘ले सम्मान गरिएको छ।  त्यसैगरी ‘कल्पना संग्रह(भाग-४) को लोकार्पण पनि गरिएको जनाइएको छ।   News [पूरा पढ्नुहोस्]

सुमन ढकालको “प्रमबिन्ती” उपन्यास बिमोचित

बर्दिया अनलाईन/ असोज १५  युवा लेखक सुमन ढकालको पहिलो उपन्यास ‘प्रेमबिन्ती’ शुक्रबार काभ्रेमा विमोचन गरिएको छ ।  देउपुर, काभ्रे स्थित श्री तपेश्वोर उच्च माध्यामिक बिध्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक बिमोचन कार्यक्रममा प्रमुख अतिथि गायक मच्छेश्वोर सापकोटा र बिध्यालयका प्रधानध्यापक चित्र प्रसाद दुलालले संयुक्त रुपमा उपन्यास “प्रेमबिन्ती”को [पूरा पढ्नुहोस्]

गजल::कलियुगमा राधाको शाम छैन

गजल                  नीर कमल खड्का कलियुगमा राधाको शाम छैन भन्छन। मन्दिर जाऊ गरीबको राम छैन भन्छन। खडेरीले मरेको बस्ती बचाई देऊ भन्दा,ईन्द्र पनी बर्षातको याम छैन भन्छन। डिग्री हातमा बोकी ढोका ढोका चाहारे,बिना सिफारिस यहा काम छैन भन्छन। ईच्छा बिपरित प्रदेश जाउ भन्दा पनी,बाउँ, घडेरी नबेची दाम छैन भन्छन। मिती नपुग्दै लैजाउ दैब भन्दै पुकारे,जाने सूचीमा तेरो नाम छैन भन्छन। [पूरा पढ्नुहोस्]
1 2 3 4 5 9